Aamsanchar

पर्यटकलाई स्वागत गर्दै कन्याम भिलेज

Author Image
शनिवार, असोज ७, २०७४

इलाम,


इलामको सुर्योदय नगरपालिका–६ कन्याममा शनिबारबाट कन्याम भिलेज कटेज सञ्चालनमा आएको छ ।
४५ लाख रुपैंयाको लागतमा सञ्चालनमा आएको कटेजको सुर्योदय नगरपालिकाका मेयर आरबी राई र उपमेयर दुर्गादेवी भट्टराईले उद्घाटन गरेका हुन् । चिया र पर्यटन साथ साथ भन्ने नाराका साथ कटेज सञ्चालनमा ल्याएको सञ्चालक टेकराज गिरीले जानकारी दिए । विशुद्ध पारिवारिक लगानी र संलग्नतामा कटेज सञ्चालनमा ल्याइएको बताइएको छ ।
आग्रेनीक तरकारी, स्थानीय जातका कुखुरा, खरायो लगायतका परिकारका साथ कटेजमा लजको समेत ब्यवस्था गरिएको छ । कन्यामलाई प्लाष्टिक मुक्त अभियानमा सहयोग गर्ने उद्धेश्यले कटेजले प्लाष्टिक निषेध गरिएको सञ्चालक गिरीले बताए ।
विभिन्न स्थानबाट घुम्न आएका पर्यटकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको कटेजमा क्याम्पिङ फायर, मिटिङ हल लगायतको ब्यवस्था समेत गरिएको छ । विभिन्न परिकारको साथमा कन्यामका रमणीय स्थानको अवलोकन समेत गर्न सकिने कटेजले पर्यटकलाई आकर्षक गर्न इन्टरनेटको समेत ब्यवस्था गरेको छ ।
इलामको विषेशताका साथ इलामका पर्यटकीय स्थानका जानकारी गराइनुका साथै अन्य पर्यटकीय स्थलसम्म जानका लागी सवारी साधनको समेत ब्यवस्था गरिने सञ्चालक गिरीले जानकारी दिए ।


कटेजमा पुगेका पर्यटकलाई ग्रिन टी ले स्वागत गरिने बताइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर कटेज सञ्चालनमा आएको भन्दै यसले इलामको पर्यटनमा टेवा पु¥याउने सुर्योदय नगरपालिकाका मेयर आरबी राईले बताए । उनले पर्यटकहरुलाई लक्षित गर्दै कटेज सञ्चालनमा आउनु स्वागत योग्य कुरा भएको बताए ।
असोज लागेसंगै पर्यटकको भिड बढ्ने भएकाले पर्यटकलाई आराम गर्दै मनोरम दृश्यको अवलोकन गर्न सकिने छ । पूर्वको रानीको रुपमा रहेको कन्याममा पर्यटकको असोज महिनादेखि माघ महिनासम्म घुइचो लाग्ने गर्दछ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर