Aamsanchar

नेपालीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन

Author Image
सोमवार, असोज २३, २०७४

काठमाडौँ, 

यसवर्षको नेपाल संवत् ११३८ मनाउन साहित्यकार चित्तरञ्जन नेपालीको अध्यक्षतामा २१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

नागरिकस्तरमा गठन गरिएको उक्त ‘न्हुँदया समारोह समिति’ ले वर्षभरि नेपाल संवत्बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसारलगायत विभिन्न गतिविधि गर्नेछ । समितिका पूर्व अध्यक्ष सल्लाहकार रहनेछन् ।

अध्यक्ष नेपालीले शङ्खधर साख्वाले प्रचलनमा ल्याएको नेपाल संवत्मा चन्द्रमासमा गणना गरिने हुँदा यो वैज्ञानिक रहेको र यसलाई अभ्यासमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

समितिका सल्लाहकार एवं राजनीतिज्ञ तीर्थराम डंगोलले नेपालबाट शुरु भएको नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा विकास गरी कामकाजमा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

आगामी कात्तिक ३ गतेदेखि नेपाल संवत् ११३८ शुरु हुन्छ । संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरिँदै आएको छ ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर