झापा।
झापको मेचिनगर नगरपालिका-६ स्थित मुलगेट नजिकैबाट मंगलबार प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले झापा कन्काई नगरपालिका-६ बस्ने २० बर्षिय गोपाल प्रसाद राजवंशी र सोही ठाउँका २४ बर्षिय सन्तोष राईलाई चेकजाँच गर्ने क्रममा दिउँसो ३ बजेतिर पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट लागूऔषध नाईट्रोसन-२० थान बरामद गरेको छ। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ।

Views: 139


