Aamsanchar

नमुना संकलनको १० प्रतिशत वस्तु अखाद्य

Author Image
बुधवार, कार्तिक १, २०७४

[नरेन्द्र ढकाल]

झापा,

मानव जीवनका लागी आवश्यक पर्ने खाद्य बस्तुमा मिसावट गर्ने क्रम नरोकिए पछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अनुगमनलाई तिब्रता दिएको छ ।

गत आर्थिक वर्षमा पूर्वका झापा सहित विभिन्न जिल्लामा गरिएको अनुगमनका क्रममा अखाद्य वस्तु उत्पादन गर्ने उत्पादक तथा विक्रि वितरण गर्ने पसल, होटल उद्योग मध्ये ५७ वटा विरुद्ध मुद्धा दायर गरिएको छ । ४०९ पटक अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत सञ्जय भण्डारीले बताए ।

उनका अनुसार अनुगमनका क्रममा नमुना संकलनमा लिएका मध्ये १० प्रतिशत वस्तु अखाद्य फेला पर्ने गरेका छन् । स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खाद्यन्नमा ध्यान दिन आग्रह गर्दै उनले उपभोक्ता स्वंयम् सचेत बन्नु पर्ने धारणा ब्यक्त गरे । उनले जुनसुकै खाद्यन्नमा उत्पादन मिति, प्रयोग अवधि, उद्योगको नाम, लेबल स्पष्ट देखिने गरि उल्लेख गर्नु पर्ने बताए ।

राम्रो देखाउने बहनामा अखाद्य बस्तुहरु मिसावट गरेर विक्रि वितरण हुने गरेको भन्दै उनले बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडी बढाउने उल्लेख गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले बजार पसल, उद्योग, होटल लाई छुट्टा–छुट्टै चरणमा अनुगमन गरिने र शंकास्पद खाद्य वस्तु फेला परेरमा तत्काल नुमन संकलन गरेर परिक्षणका लागी लगेर त्यस विषयमा अनुसन्धान सुरु गर्ने भण्डारीको भनाई छ ।

प¥र्याप्त प्रविधि नहुदा अखाद्य वस्तु भएपनि कारबार्ही गर्न नसकिएको जनाइएको छ । परिक्षण प्रयोगशाला टाढा भएकाले पनि तत्काल अखाद्य वस्तु विक्रि वितरण गर्नेहरुलाई कानुनको दायरामा ल्याउन नसकिएको जनाइएको छ । झापामा प्रयोगशाला नभएका कारण अनुगमन गरेर संकलन गरिएका वस्तुलाई नमुना परिक्षणका लागी विराटनगर पठाउनु पर्ने बाध्यता रहेको झापाका खाद्य निरिक्षक दिनेश ढुङगानाले बताए ।

उनले गत आर्थिक वर्षमा झापाका दुई वटा विरुद्ध मुद्धा दायर गरिएको छ । यस पटक पनि अखाद्य वस्तु यत्पादन तथा विक्रि वितरण गर्ने उद्योग तथा पसल विरुद्ध तत्कालै दुई वटा मुद्धा दयार गर्ने तयारी भइरहेको र ५ वटा अनुसन्धानको क्रममा रहेको अधिकृत ढुङ्गानाले जानकारी दिए ।

उनले झापामा पूर्व–पश्चिम राजमार्गले छोएका ४० वटा होटलहरुलाई स्टिकर वितरण गर्ने तयारी भइरहेको बताएका छन् । एक पटकको अनुगमन सकिएको र उनीहरुको स्वच्छतालाई हेरर स्टिकर वितरण गरिने उनको भनाई छ । झापामा खाद्य उत्पादन गर्ने उद्योगहरु खुल्ने क्रमपनि बढ्दै गएको जनाइएको छ । गत आर्थिक वर्षमा मात्रै ५२ वटा खाद्य उद्योगहरुलाई सिफारिस गरिएको जनाइएको छ ।

झञ्जटिलो कानुन :

मानिसका स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने खाद्यन्नमा चरम मिसावटभएर गुणस्तरहिन वस्तु विक्रि वितरण भएको फेला परेपनि तत्काल कारण गर्न कानुनी उल्झन रहेको सरोकारवालाहरुले बताएका छन् ।

आफुहरुले पटक–पटक अनुगमन गर्दा मिसावट भएको फेला परेपनि कानुनी प्रक्रिया लामो भएकाले दोषिदाई तत्काल कारबार्ही गर्न समस्या भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत भण्डारीले बताए । प्रमुख जिल्ला अधिकारी, खाद्य विश्लेषक हुदैं अदालतसम्म पुग्नुपर्ने भएकाले कानुनी प्रक्रिया लामो भएको जनाइएको छ ।

अनुज्ञा पत्र अनिर्वाय

कुनै पनि खाद्य उत्पादन गर्दा अनुज्ञापत्र अनिर्वाय रुपमा लिएर मात्र उत्पादन तथा विक्रि वितरण गर्न पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत भण्डारीले बताए । कसनैले अनुज्ञापत्र नलिई कुनै खाद्य वस्तु उत्पादन गरेको पाइएकमा तत्काल कारबार्ही गरिने बताइएको छ ।

झापामा प्रयोगशाला अभाव

खाद्यन्न उत्पादन गर्ने उद्योग, विक्रि वितरण गर्ने पसल, बजार तथा होटलहरु अनुगमन शंकास्पद फेला परेर नमुनासंकलन गरेर प्रयोगशालामा लैजानुपर्ने भएपनि झापामा प्रयोगशाला नहुदाँ कारबार्ही प्रक्रियानलाई प्रभावकारी बनाउन नसकिएको झापाका खाद्य अधिकृत ढुङगानाले बताए ।

उनले कांकरभिट्टामा रहेको क्षेत्रिय क्वारेन्टाइन कार्यालय भएपनि उपकरणको अभाव भएकाले विषादी युक्त वस्तुहरुको परिक्षण गर्न नसकेको बताए ।

पत्रकारलाई खाद्य स्वच्छताको प्रशिक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजनामा झापाको विर्तामोडमा मंगलबार खाद्य स्वच्छता सम्बन्धि रिर्पोटिङको विषयमा एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य अनुसन्धान अधिकृत सञ्जय भण्डारी,झापाका खाद्य अधिकृत दिनेश ढुङगाना, पत्रकार सुरेन्द्र भण्डारीले सहजीकरण गरेको प्रशिक्षणमा ३० बढी पत्रकारको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागिको तर्फबाट पत्रकार गोपाल काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रशिक्षणमा सहभागि प्रकारहरुलाई खाद्य स्वच्छताको विषयमा जानकारी गराइएको थियो । बजारमा मिसावट जन्य खाद्य सामग्रीहरु धेरै पाइने भएकाले उक्र विषयमा उपभोक्रलाई सचेतना फैल्याउनु पर्नेमा सहजकर्ताहरुले जोड दिएका छन् । कार्यक्रममा सहभागि पत्रकारहरुले बजार अनुगमन फितलो भएको तथा कारबार्ही हुदैं नभएको भन्दै अखाद्य वस्तु विक्रि वितरण गर्नेलाई घटना स्थालमा नै कारबार्ही गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर