Aamsanchar

११ दिनसम्म मतपेटिकाको सुरक्षा कसरी गरिन्छ ?

Author Image
सोमवार, मंसिर ११, २०७४

काठमाडौं ।

पहिलो चरणमा हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । आइतबार सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना मंसिर २१ गतेको निर्वाचनपछि मात्रै गरिनेछ ।

निर्वाचनसम्पन्न भएको ११ दिनसम्म पनि मतगणना नहुने हुँदा मतपेटिकाको सुरक्षामा सर्वत्र चासो देखिएको छ ।तर निर्वाचन आयोगले मतपेटिकाको सुरक्षामा ढुक्क रहन सबैलाई आग्रह गरेको छ । नेपाली सेनासहितका सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिले चौबीसै घण्टा मतपेटिकाको सुरक्षा गर्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए ।

यसैगरी नेपाल प्रहरीका डिआईजी एवं प्रवक्ता मनोज न्यौपाने पहिलो चरणको निर्वाचन भयरहित तरिकाले सम्पन्न भएको भन्दै मतपेटिकाको सुरक्षार्थ बलियो व्यवस्थापन गरेको बताउँछन् ।त्यसो त छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले जनाएका छन् ।

आयोगका सदस्य सुदिपकुमार पाठकले समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै मतपेटिकाको सुरक्षा पनि सोही अनुसार हुनुपर्ने बताए ।यस्तै नियोगका महासचिव डा. गोपालकृष्ण शिवाकोटीले सबैको नजर मतपेटिकाको सुरक्षामा हुने भन्दै कसैले बद्मासी गर्न नसक्ने विश्वास व्यक्त गरे । ११ दिनसम्म गणना नगरी मतपेटिका सुरक्षित राख्नु साच्चिकै चुनौतीपूर्ण काम हो ।-इमेजबखरबमट

Views: 136

प्रतिक्रिया (०)