Aamsanchar

विगतलाई फर्केर हेर्दा संविधानको स्वागत र विरोध (फोटो फिचर सहित)

Author Image
सोमवार, मंसिर ११, २०७४

नयाँ युगको  प्रारम्भ मानिएको संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणीत भएको संविधान मिति २०७२ साल असोज ३ गतेदेखि  नेपाली जनतासमक्ष तत्कालिन राष्ट्रपति रामवरण यादवले प्रारम्भ भएको घोषणा गर्नु भएको थियो । नयाँ संविधानको घोषणासँगै नेपालको अन्तरिम संविधान, २०६३ निष्कृय भएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराईलगायत संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, विभिन्न देशका कुटनितिज्ञ, बुद्धीजिवीहरुको सहभागितामा संविधान जारी भएको थियो ।

संविधान वेलुका ५ बजे जारी भएको  समयमै देशका विभिन्न जिल्लामा संविधानको स्वागतमा खुशीयाली मनाउन लाखौ नागरिकहरु सार्वजनिक स्थलमा उपस्थिती भएका थिए । सोही  अवस्थामा संविधानको विरोधमा पनि विभिन्न पार्टी र संगठनका सदस्यहरु कालो झण्डा र विरोधका प्लेकार्ड लिएर सडकमा आन्दोलन गरेका थिए । झापाको विर्तामोडमा पनि नयाँ संविधान जारी भएकोमा खुशीयाली मनाउने र विरोध गर्नेहरुको जुलुसनै निस्किएको थियो ।

विश्वमै नौलो र जनमुखी संविधान भनिएको संविधानलाई समयक्रम संगै  पहिले विरोध गर्ने केही दलहरुका नेताले स्थानिय तहको चुनावमा उम्मेदवारी दिएर  संविधान स्वीकारी सके छन, र केही दलहरु अझैपनी संविधानको विरोध गरिरहेको छन । स्थानिय तहको चुनाव सम्पन्न पछि मंसिर १० गते भएको र मंसिर २१ गते हुने सम्सदिय र प्रदेशको चुनाव सम्पन्न भए संगै गणतन्त्र नेपालको संविधान पूर्णरुपमा कार्यनयनमा आउने छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी भएको प्रस्तावनामा उल्लेख छ। २०७२  भदौ ३० गते संविधानसभाका कुल ५०७ सभासद्स दस्यले पारित गर्नुभएको संविधानलाई ५३७ जनाले हस्ताक्षर गर्नु भएको थियो ।

२०७२ साल असोज ३ गते विर्तामोडमा यसरी संविधनको स्वागत र विरोध भएको थियो । 

फायल फोटो हेर्नुहोस 

 

विनोद पाण्डे (कमल) /आमसंचार

Views: 140

प्रतिक्रिया (०)