Aamsanchar

वाम गठबन्धन लोकतन्त्रका लागि खतराः देउवा

Author Image
सोमवार, मंसिर ११, २०७४

११ मंसिर, झापा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।

सोमबार झापा क्षेत्र नम्बर ५ को गौरादहमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कठिन संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाएका हुन ।

प्रधानमन्त्री देउवाले निरकुशंता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।

अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनाव समेत भएकोले विचार पुर्‍याएर मतदान गर्न उनले मतदातालाई आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले–माओवादीले लोकतन्त्रको भर्‍याङ्ग चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाए ।

अहिलेको वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा बाध्ने प्रपञ्च मात्रै भएको उल्लेख गर्दै नेता पौडेलले गठबन्धन गरेर केपी ओली र प्रचण्डले पछुताउनु पर्ने बताए ।साभार : अनलाईन खवर

Views: 118

प्रतिक्रिया (०)