Aamsanchar

काङ्ग्रेसको सहभागिता सत्तामा समाप्त : केपी ओली

Author Image
बिहिवार, मंसिर १४, २०७४

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा काङ्ग्रेसको सहभागिता लगभग समाप्त हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने भएकाले शेरबहादुर देउवा काङ्ग्रेसका अन्तिम प्रधानमन्त्री हुने निस्चित भई सकेको बताउनु भयो ।

विहीवार झापाको विर्तामोडमा आयोजित चुनावी आम सभालाई सम्वोधनको क्रममा एमाले अध्यक्ष ओलीले सत्ता छोड्नु पर्ने पीरले काङ्ग्रेस आत्तिएको दावी गर्नु भयो । मुलुकलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा हिँडाउन बामपन्थी बीच तालमेल भएको बताउँदै अध्यक्ष ओलीले गलत ठाउँमा भोट हालेर सन्तानको भविष्यमाथि खेडवाड नगर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

अधिकांश समय कांग्रेसको आलोचनामा खर्चिनु भएका अध्यक्ष ओलीले मुलुक विखण्डन गर्न चाहनेहरुसँग तालमेल गरेर काङग्रेसले जनतामाथि बेइमानी गरेको बताउनु भयो । नेपालको अग्रगामी अभियान अब नरोकिने भन्दै एमाले अध्यक्ष ओलीले अब देशलाई अल्मलिन नदिने बताउनु भयो ।

सभामा सयौं व्यीक्तहरु अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश थिए । अध्यक्ष ओलीको भाषण सुन्न उपस्थित सर्वसाधरणको भिडले विर्तामोडमा सडक जाम र ट्राफिक सिस्टम अस्तव्स्त बनेको थियो ।

 

Views: 126

प्रतिक्रिया (०)