Aamsanchar

सिद्धि हाईड्रोको सार्वजनिकि करण र चुनावको समय मिल्न गएको मात्र हो : विश्वप्रकास (भिडियो सहित)

Author Image
आइतवार, मंसिर १७, २०७४

झापा, मंसिर १७ । 

झापा क्षेत्र नं. १ को चुनावी अभियानका क्रममा दुई मुख्य राजनितिक दलले ईलामको जिर्मलेमा पर्ने सिद्धि खोलाबाट बिद्युत निकाल्न गरिने पहललाई निक्कै ठुलो राजनितिक मुद्धा बनाएका छन । नेपाली काँग्रेस र बाम गठबन्धन चुनावी सभाहरुमा होस या ब्यक्तिगत भेटघाटमा होस सिद्धि हाईड्रो चर्चाको केन्द्रमा नै छ । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेद्वार रबिन कोईरालाले आफ्नो स्थानीय घोषणा पत्रमा नै राखेर चुनावी मुद्धा बनाएको होस या कोईरालाका तत्कालिन प्रतिस्पर्धी काँग्रेसका बिश्वप्रकाश शर्माले चुनावी अभियानका बेला बोल्दै हिडेको अवस्था किन नहोस त्यस बेला पनि मुख्य मुद्धा नै बनेको थियो सिद्धिखोलाको पानीबाट बिद्युत उत्पादन गर्ने कुरा । तर निर्वाचनमा पराजित भएर पनि काँग्रेस नेता निरन्तर सिद्धि हाईड्रोमा लागिरहेको देखियो भने एमालेका रबिन कोईरालाले चुनाव जितेर पनि आफैंले घोषणा पत्रमा राखेको सिद्धि हाईड्रोलाई बिर्सिनु भयो ।

अहिले मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा फेरी सिद्धि हाईड्रोको बिषय प्रमुख मध्येका एउटा बिषय बनेको छ । खास गरी काँग्रेसबाट उम्मेद्वार रहनु भएका बिश्वप्रकाश शर्माको नेतृत्वमा सिद्धि हाईड्रो कम्पनी मार्फत काम अगाडी बडाएको कुराले बाम गठबन्धनलाई धक्का पुगेको स्वयम बाम गठबन्धनले महशुस गरेको छ । किन की २०७० को निर्वाचनका घोषणा पत्रमा नै उल्लेख गरेर त्यसमा केही काम गर्न नसकेको बाम गठबन्धनको प्रमुख दल नेकपा एमाले भित्र सिद्धि हाईड्रोको स्वामित्व बिश्वप्रकाशले लिने कुराले चिन्तित बनाएको देखिन्छ । जबकी बिश्वप्रकाशको नेतृत्वको टोलीले यस अघि लुम्बीनी बिल्डर्सको नाममा रहेको सिद्धि जलबिद्युत परियोजनाको लाईसेन्स सिद्धि हाईड्रोले खरिद गरि १० मेघावाट बिद्युत उत्पादनको अनुमति समेत सरकारबाट पाईसकेको छ । आउँदो पुषको १५ गतेबाट काम शुरु गर्ने गरि सरकारले ३२ महिनाको अवधि दिएर बिद्युत खरिद सम्झौता समेत गरिसकेको अवस्थामा त्यसको श्रेय कसले लिने भन्ने बिषयमा चुनावी मुद्धा बनाईए पछि आज काँग्रेस उम्मेद्वार बिश्वप्रकाश शर्माले सिद्धि हाईड्रोका बारेमा पत्रकार सम्मेलन मार्फत यर्थाथ बिवरण सार्बजनिक गर्नु भएको छ । यस अघि स्थानीय पत्र पत्रिकामा सिद्धि हाईड्रोमा बिश्वप्रकाशको संलग्नता छैन भन्ने गरि गरिएको टिप्पणीलाई शर्माले पत्रकार सम्मेलनमा हाईड्रोका बारेमा अहिले सम्म भएका कामहरुको बारेमा एउटा भिडियो नै सार्वजनिक गर्नु भएको छ ।

 

शर्मा भन्नु हुन्छ “सिद्धि हाईड्रोको सार्वजनिकि करण र चुनावको समय मिल्न गएको मात्र हो । यसलाई चुनावी मुद्ध नबाएको भए हुन्थ्यो तर बिपक्षी गठबन्धनले यो बिषय उठान गरे पछि मैले प्रस्ट पार्न जरुरी भयो।” शर्माले सिद्धि खोला जलबिद्युत परियोजना आफ्नो ड्रिम प्रोजेक्ट भएको बताउनु भयो । भिडियोमा शर्माले सिद्धि हाईड्रोका कागज पत्र, बिद्युत खरिद सम्झौता, लुम्बिनी बिल्डर्सबाट सिद्धि हाईड्रो प्रालीमा आएको कागज सबै सार्वजनिक गर्नु भएको छ भने परियोजना स्थल ईलाम रोङ गाउँपालिकाको वडा नं. ६ का निर्वाचित वडा अध्यक्ष शुवास तामाङ्ग र रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राईले समेत स्थानीय रुपमा आफुहरुले सहयोग गरिरहेको र यस परियोजना बिश्वप्रकाश कै पहलमा अगाडी बढिरहेको बताएका छन । गाउँपालिका अध्यक्ष राई र वडा अध्यक्ष तामाङ्गले सिद्धि हाईड्रोलाई राजनितिक मुद्धा नबनाउन र यस क्षेत्र कै सम्बृद्धिको रुपमा यो परियोजना सञ्चालनका लागि सबैले सहयोग गर्न आवहान समेत गर्नु भएको छ ।

पुष १५ गतेदेखी निर्माण शुरु हुने सिद्धि खोला जलबिद्युत परियोजनामा नेपालका दुई ठुला बैंक र चिनियाँ कम्पनी सहित १० प्रतिशत स्थानीय बासीको समेत लगानी हुने गरी १ अर्ब ६० करोड लाग्ने काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका बिश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा जनाकारी दिनु भयो । उक्त परियोजनाबाट उत्पादन भएको बिद्युत केन्द्रीय प्रसारण मार्फत झापा जिल्लामा खपत भएर बाँकी मात्र अन्यत्र जाने गरि सम्झौता गरिएको शर्माले पत्रकार सम्मेलनमा प्रष्ट पार्नु भयो ।

भिडियो पनि हेर्नुहोस

Views: 34

प्रतिक्रिया (०)