

मंसिर १९ झापा । झापा संग भारतको बंगाल तथा विहार राज्यको सीमासँग जोडिएको नाका सिल गरिएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सुरक्षाको मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले सोमबार बेलुका ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका सिल गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। पूर्वी नाका काकँडभिट्टा–र भद्रपुर अन्य स्थानको खुला नाकाहरू बन्द गरिएको छ। तीन दिनसम्म सवारी साधन र कुनै पनि व्यक्ति आवतजावत गर्न नपाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। अतिआकस्मिक र व्यक्तिको संवेदनशीलता हेरेर प्रहरी, प्रशासनसँगको समन्वयमा आवतजावत गर्न दिइने प्रशासनले जनाएको छ।
Views: 215

