झापा।

झापाको भद्रपुर नगरपालिका १० स्थित सिर्जना टोलमा जिपको ठक्करबाट ३ बर्षिय बालकको मृत्यु भएको छ। भद्रपुरको भित्री सडक खण्ड अन्तर्गत मे १ ज १८४२ नम्बरको जिपको ठक्करबाट देबेन्द्र बास्तोलाको ३ बर्षिय छोरा निदित बास्तोलाको मृत्यु भएको हो ।

बाटोमा खेलीरहेको बेला जिपले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाईते बालकको बिर्तामोडस्थित बि।एण्ड।सी। अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्कर दिने जिप प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 140

