Aamsanchar

झापामा यस्तो पनि देखियो ! उम्मेदवारले पाए मात्र ६ मत

Author Image
मङ्गलवार, मंसिर २६, २०७४

[सुरेन्द्र भण्डारी/गोपाल अधिकारी]
बिर्तामोड।

मंसीर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा जित्ने दावीसहित चुनावी मैदानमा उत्रिएका केही उम्मेदवारले १० मत पनि प्राप्त गर्न सकेनन् । मुलुकको आर्थिक विकास र समृद्धिका विभिन्न एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका उनीहरुले जमानत जोगाउन त सकेनन् नै १० मत पनि प्राप्त गर्न नसक्दा लज्जास्पद हार व्यहोरेका छन् । जमानत जोगाउन सदर मतको कूल मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । तर, प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका मध्ये केही उम्मेदवारले १० मत पनि प्राप्त गर्न सकेका छैनन् ।

प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्वर ५बाट उम्मेदवारी दिएका इन्द्रराज अधिकारीले ६ मत मात्र प्राप्त गरे । उनले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको चुनाव चिन्ह क्रिकेट व्याड रहेको थियो । प्रतिनिधिसभाकै लागि स्वतन्त्र उम्मेदवारी दिएका इन्द्रप्रसाद न्यौपाने र डिल्लीप्रसाद कट्टेलले पनि १३÷१३ मत मात्र प्राप्त गरेका छन् । न्यौपाने झापा क्षेत्र नम्वर पाँचबाट चुनाव लडेका थिए । उनको चुनाव चिन्ह चङ्गा थियो ।

यता क्षेत्र नम्वर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कट्टेलको चुनाव चिन्ह कैंची हो । उनले पनि १३ मत मात्र प्राप्त गरे । प्रतिनिधि सभाका लागि तेस्रो कम मत ल्याउने उम्मेदवार हुन् पर्शुराम काफ्ले । झापा क्षेत्र नम्वर ४बाट उम्मेद्वारी दिएका उनले १८ मत मात्र प्राप्त गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको चुनाव चिन्ह आँप रहेको थियो ।

यता प्रदेशसभातर्फ सवैभन्दा कम ल्याउने उम्मेदवार हुन् डम्वरबहादुर गुरुङ, उनले ७ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ्को चुनाव चिन्ह भ¥याङ्ग हो । उनी झापा क्षेत्र नम्वर ५बाट चुनावी मैदानमा थिए । उनीसंगै ७ मत प्राप्त गर्ने अर्का उम्मेदवार हुन् हरिप्रसाद अधिकारी र खड्गप्रसाद शिवाकोटी । अधिकारीले क्षेत्र नम्वर ५बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको चुनाव चिन्ह स्कुटर हो । त्यस्तै शिवाकोटीको चुनाव चिन्ह ड्रम हो । उनी झापा क्षेत्र नम्वर ५ वाटै चुनावी मैदानमा थिए ।

उनीहरुपछि कम मत ल्याउने उम्मेदवार हुन् दिननाथ खतिवडा । उनले १२ मत प्राप्त गरे । उनी झापा क्षेत्र नम्वर ४ बाट चुनावी मैदानमा थिए । उनको चुनाव चिन्ह जीप हो । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै प्रदेशसभाका लागि तेस्रो कम मत ल्याउने उम्मेदवार हुन् जम्मावती तिमल्सिना । उनले २० मत प्राप्त गरिन् । उनी झापा क्षेत्र नम्वर ५बाट चुनाव लडेकी थिइन् । उनको चुनाव चिन्ह जीप हो । उनीहरुसंगै अधिकांश उम्मेदवारले अन्यन्त कम मत प्राप्त गरेका छन् । जसका कारण अधिकांशको जमानत जफत भएको छ ।

यता बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेका कसेको पनि जमानत जफत भएको छैन । साना दलका उम्मेदवारलाई जनताले नपत्याएका कारण उनीहरुको मात्रै जमानत जफत भएको हो । झापा क्षेत्र नम्वर १मा प्रतिनिधिसभातर्फ सवैभन्दा कम मत ल्याउने उम्मेदवार हुन् दानवहादुर तामाङ । उनले ११३ मत प्राप्त गरे । उनी राष्ट्रिय जनमुक्ति पार्टीबाट चुनाव लडेका थिए । उनको चुनाव चिन्ह घर हो । उनीपछि भवानीप्रसाद ढकालले कम मत प्राप्त गरेका छन् । ढकालको मत ३७० रहेको छ । उनी एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी राष्ट्रवादीबाट चुनाव लडेका थिए । उनको चुनाव चिन्ह आयातकारभित्रको हलो रहेको थियो ।

त्यस्तै संघीय लोकतान्त्रिकबाट उम्मेदवार बनेका धनबहादुर सुव्वाले ९०४, संघीय समाजवादी फोरमका भक्तवहादुर लिम्बूले एक हजार ४४ र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार सन्तोष तामाङले एक हजार तीन सय ८९ मत प्राप्त गरे । प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमुक्ति पार्टीका ख्यामबहादुर सुब्बाले ९९ मत प्राप्त गरे । उनको चुनाव चिन्ह घर हो । नयाँ शक्ति नेपालका पर्शुराम काफ्लेले १२१, राष्ट्रिय जनता पार्टी नेपालका रमा मेचेको १२३, मंगोल नेशनल अर्गनाइजेशनका श्रीप्रसाद लिम्बूको १९९, संघीय समाजवादी फोरम नेपालका राम सुफल कामतीको ४०७ मत रहेको छ । त्यस्तै संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका श्रीप्रसाद मावोले ८४२ मात प्राप्त गरे ।

संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका मानबहादुर लिम्बूले २२५ मत प्राप्त गरेका छन् । उनी प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्वर १को क बाट चुनावी मैदानमा थिए । त्यस्तै नयाँ शक्ति पार्टी नेपालका पुष्पप्रसाद पौडेलले २९६, राष्ट्रिय जनता पार्टी नेपालका ओलीन राजवंशीले ५४६, संघीय समाजवादी फोरम नेपालका जगतबहादुर विश्वकर्माले ६६४, नेपाल कम्युनिष्ट पार्टी मालेका भरोसादास पौडेलले ७४४, मंगोल नेशनल अर्गनाइजेशका भाष्कर राईले ११५३ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर २बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उम्मेदवार मध्ये सबैभन्दा कम मत नेपाल जनता पार्टीका गणेशप्रसाद शिवाकोटीले ११० मत प्राप्त गरे । उनीसँगै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका होमचन्द्र घिमिरेले १६६ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका महावीर राईले २७२, नयाँ शक्ति पार्टी नेपालका भक्तबहादुर वुढाथोकीले ३२४, एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी राष्ट्रवादीका वृजकिशोर ठाकुरले ४१६, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगरले ५३१ मत प्राप्त गरेका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका अकलबहादुर तामाङले ५५८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मानबहादुर साँवा लिम्वूले ६०८ र विवेकशील साझा पार्टीका डा. नवीन वास्तोलाले एक हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्वर २को प्रदेशसभा क बाट सवैभन्दा कम मत नेपाल जनता पार्टीका पदमप्रसाद पौडेलले ल्याएका छन् । उनको मत ११२ रहेको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका निर्मला एक्तेन लिम्वूले १२४, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार लावतीले १८८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रञ्जितमान राईले २८८, संघीय समाजवादी फोरम नेपालका तीलबहादुर राईले ४४२, विवेकशील साझा पार्टीका चित्राङ्गत तिम्सिनाले ८३९मत प्राप्त गरेका छन् ।
प्रदेश सभा ख मा संघीय समाजवादी फोरम नेपालका शिवन सोराली मगरले २११, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका हरिप्रसाद दाहालले २९१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगेन्द्र राईले ४६१ मत प्राप्त गरेका छन् । मंगोल नेशनल अर्गनाइजेशनका मंगलसिह लिम्बूले ५१५, विवेकशील साझा पार्टीका विष्णुप्रसाद आचार्यले ७१६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका बिजय इङ्नाम लिम्वूले ७३९ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर ३को प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका मध्ये सवैभन्दा कम मत ल्याउने राष्ट्रिय जनमोर्चाका अविचन्द्र भण्डारी रहेका छन् । उनले १०३ मत मात्र प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मीनप्रसाद चम्लागाँईले १४३, विवेकशील साझा पार्टीका साजन सुव्वाले १५३, राष्ट्रिय जनमुक्ति पार्टीका सेकेन्द्र राजवंशीले १६१, स्वतन्त्र उम्मेद्वार वीरेन्द्रप्रसाद सापकोटाले १९२ मत प्राप्त गरे ।

एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टी राष्ट्रवादीका देवीरमण भट्टराईले २२४, मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बूले २९९मत प्राप्त गरे । झापा क्षेत्र नम्वर ३को प्रदेशसभा क तर्फबाट उम्मेदवार बनेका देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका भक्तबहादुर विश्वकर्माले १२४ मत प्राप्त गरेका छन् । नोपल जनता पार्टीका छविलाल लुइँटेलले १४५ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किरण लिङ्देनले १९७ मत, मंगोल नेशनल अर्गनाइजेशनका अर्जुन लोवाले ३८१ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका कर्णलाल राजवंशीले ५४५ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर ३को खतर्फ सवैभन्दा कम मत राष्ट्रिय जनमुक्ति पार्टीका बैसागु राजवंशीले १७० मत प्राप्त गरेका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका सत्यकला नेम्वाङले ३२५, संघीय समाजवादी फोरम नेपालका दुर्जनलाल राजवंशीले ६२३, नेपाल जनता पार्टीका सोमनाथ सुवेदीले ७०० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्वरबहादुर मावोले ७०९ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर ४ तर्फको प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सवैभन्दा कम मत ल्याउने स्वतन्त्रबाट डिल्लीप्रसाद कट्टेलले १३ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फकै उम्मेदवार पर्शुराम काफ्लेले १८, स्वतन्त्र तर्फकै उममेदवार एज्ञवहादुर खड्काले ३७, ग्रिन पार्टी नेपालका सुवास अधिकारीले ९०, मंगोल नेशनल अर्गनाइजेशनका रुद्रवहादुर राईले ९४, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका हरिभक्त संग्रौलाले १५१, राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनदेव शर्माले २८८, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका तेजबहादुर थापाले ३२३, संघीय समाजवादी फोरम नोपलका लाहनसिं तुम्वापोले ४७२, विवेकशील साझा पार्टीका तुलसीराज उप्रेतीले ६६५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ज्ञानवहादुर इम्वुङ लिम्वूले १ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर ४को प्रदेश सभा क तर्फ सवैभन्दा कम मत मंगोल नेशनल अर्गनाइजेशनका देवेन्द्र राईले ल्याएका छन् । देश भक्त जनगणतान्त्रिक मोर्चा नेपालका हरिप्रसाद गौतमले २३८, संघीय समाजवादी फोरम नेपालका हर्कराज राईले ४४१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कप्रसाद लिम्बूले १ हजार ४ सय ५७ मत ल्याएका छन् ।झापा क्षेत्र नम्वर ४ को ख तर्फ सवैभन्दा कम मत ल्याउने उममेदवार हुन् दिननाथ खतिवडा । उनले १२ मत प्राप्त गरे । राष्ट्रिय शिव सेना पार्टीका धिरजनारायण गणेशले २५, धनकुमार वुढाथोकीले ४२ मत प्राप्त गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चा पार्टीका पुरुषोत्तम काफ्लेले ५५ मत प्राप्त गरे । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका फूलमान तामाङले ९३ मत प्राप्त गरेका छन् । त्यस्तै ग्रीन पार्टी नेपालका जगन्नाथ अधिकारीले ९४ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका मंगलसिंह साम्मेखामले ३९७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भक्तबहादुर लिम्बूले ३७२, राष्ट्रिय जनता पार्टी नेपालका सूर्यनारायण गणेशले १ हजार दुई सय ३४ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर ५बाट प्रतिनिधिसभामा कम मत ल्याउने इन्द्रराज अधिकारीले ६ मत मात्र प्राप्त गरेका छन् । इन्द्रप्रसाद न्यौपाने १३, प्रेमवहादुर खड्का ५५ मत प्राप्त गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नोपलका वाशुदेव दुलालले ९९ मत प्राप्त गरेका छन् । मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेले ११६, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका चेतनाथ थापाले २५७, नयाँ शक्ति पार्टी नेपालका भेषराज भट्टराईले २९६, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगूले ५१९ मत प्राप्त गरेका छन् । विवेकशील साझा पार्टीका प्रकाश गोैतमले ६११, नेपाल कम्युनिष्ट पार्टी मालेका घनश्याम गुरागाँईले ६४२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त भट्टराईले १३८०, संघीय समाजवादी फोरम नेपालका सत्यदेव यादवले एक हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नम्वर ५को क तर्फ स्वतन्त्रका डम्बरबहादुर गुरुङले ७, नयाँ शक्ति पार्टी नेपालका राजु खड्काले ३९७, राष्ट्रिय जनमुक्ति पार्टीका जयकुमार राईले ४३१, विवेकशील साझा पार्टीका निर्मला कटुवालले ७७७, नेपाल कम्युनिष्ट पार्टी मालेका रुप नारायण न्यौपानेले ८३२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रवहादुर कन्दङ्वाले ९१७, संघीय समाजवादी फोरम नेपालका सुशीलकुमार राईले १ हजार ६ सय २३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ख तर्फ स्वतन्त्रका खड्गप्रसाद शिवाकोटी र हरिप्रसाद अधिकारीले ७÷७ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फका जाम्मावती तिमिल्सिनाले २०, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका कृष्णराज शर्माले १०३, मंगोल नेशनल अर्गनाइजेशनका राजेन्द्र सुव्वा चेम्जोङले १२०, नयाँ शक्ति पार्टी नेपालका धर्मराज गुरागाँईले १३९, मत प्राप्त गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका रुद्र राईले १४५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका कैलाशपति मगरले २३८, राष्ट्रिय जनता पार्टी नेपालका हरिलाल राजवंशीले ७९८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुर्यप्रसाद लिम्वूले एक हजार ४५मत प्राप्त गरेका छन् ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर