Aamsanchar

विद्यार्थीले जुटाए साथीलाई सहयोग

Author Image
शुक्रवार, मंसिर २९, २०७४

ताप्लेजुङ, 

ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका कारण पढाइ अवरोध नहोस् भन्ने उद्देश्यले रु १६ हजार ५५ संकलन गरी यक्सोलाई बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हस्तान्तरण गरेका हुन् ।

पत्रकार महासंघ जिल्ला शाखा, ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्धाक ‘प्रयास’ र विद्यार्थी जीवन भट्टराईले संयुक्तरुपमा उक्त रकम हस्तान्तरण गर्नुभयो ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका घर भई हाल भानु जन माविमा कक्षा १२ मा अध्ययनरत सविताको गत मंसिर १९ गते आगलागीका कारण घर जलेर नष्ट भएको थियो । उहाँसहितको गरी एकै समयमा सो ठाउँका तीन घर जलेका थिए ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर