बाह्रदशी ,

झापाको बाह्रदशी गाउँपालिका ३ मा भएको सडक दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग दक्षिणको भित्रि सडकमा भएको दुर्घटनामा मे ४ प ४३९६ नम्बर मोटरसाइकलमा सवार १७ वर्षीय सोनु गणेशको शुक्रबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही स्थानका गणेश सवार मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किंदा उनको घटना स्थालमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 131

