रसुवा,

महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सदरमुकाम धुञ्चेमा नवनिर्मित जिल्ला सरकारी वकिल कार्यालयको उद्घाटन गर्नुभएको छ ।

रु दुई करोड ५८ लाख १९ हजार ४४८ को लागतमा बनेको भवनमा वकिल आवाससमेत १८ कोठा रहेको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता वासुदेव लम्सालले बताउनुभयो । विसं २०७१ मा शुरु भएको भवन निर्माण भूकम्पका कारण सम्पन्न गर्न केही ढिलाइ भएको छ ।

सो अवसरमा महान्यायाधिवक्ता भण्डारीले छिटोछरितो सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सहन्यायाधिवक्ता बद्रीप्रसाद मैनालीले भवनको आसपासमा केही सुधार गर्न आवश्यक देखिएकाले इस्टिमेट गराई पठाउन जिल्लाका न्यायाधिवक्तालाई निर्देशन दिनुभयो ।

Views: 138

