Aamsanchar

सोनाक्षी र मलाइका ६ नेपाली नायिकासँग

Author Image
शुक्रवार, वैशाख २४, २०७३

गत वर्षको भूकम्पका कारण पीडित बनेका र धरहरा निर्माणको सहयोगार्थ आगामी जेष्ठ १ गते हुने ‘अमरपंक्षी’ कन्सर्टका लागि आफूहरू अत्यन्तै उत्साहित रहेको नेपाली नायिकाहरूले जनाएका छन्। कार्यक्रममा नेपाली नायिकाहरू रेखा थापा, ऋचा शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सुष्मा कार्की, निशा अधिकारी तथा गायिका इन्दिरा जोशीले आफ्नो प्रस्तुति दिनेछन्।

बलिउड अभिनेत्रीहरू सोनाक्षी सिन्हा तथा मलाइका अरोराको विशेष नृत्य हुने कार्यक्रमलाई सैनिक श्रीमती संघले आयोजना गरेको हो। बिहिबार राजधानीमा कार्यक्रमका बारेमा जानकरी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली नायिकाहरूले सो दिने हुने कार्यक्रम बलिउडका फिल्म अवार्ड कार्यक्रमका प्रस्तुतिका स्तरका हुने बताए।

पहिलो पटक कुनै स्टेज कार्यक्रममा नाच्न लागेकी रेखाले आफ्नो प्रस्तुति उनका फिल्ममा रहने गरेका नारी शसक्तिकरणको थीममा हुने बताइन्।

‘जसरी मेरा फिल्मले महिला शसक्तिकरणको आवाजलाई बुलन्द पार्दै आएका छन् । मेरो यो प्रस्तुती पनि महिला शसक्तिकरणमै केन्दि्रत रहनेछ ।’

बलिउड नायिकासँग एउटै स्टेजमा नाच्दाका चुनौतीबारेमा रेखाले गुलाफको फूलको उदाहरण दिदैं यस्तो भनिन्, ‘गुलाफको फूल त आखिर त्यही नै हो । फरक यत्ति हो त्यो जंगलमा फुलेको छ वा गमलामा।’ त्यस्तै गरि रेखाले कार्यक्रम कुनै चुनौती लागि नभइ सहयोग लागि गरिएको कार्यक्रममा रूपमा बुझ्न आग्रह गरिन्।

त्यस्तै नायिका प्रियंका कार्कीले प्रस्तुती बलिउड नायिकाहरुको भन्दा कम नहुने बताइन्। ५० डान्सरसहितको हुने  कार्यक्रम गायिका ईन्दिराबाट सांगीतिक प्रस्तुतिबाट सुरू हुनेछ। प्रत्येक नायिकाहरूको छुट्टाछुट्टै थिममा हुने प्रस्तुतिमा निशाले भने लभ नम्बरका गीतहरुबाट आफ्नो प्रस्तुती दिनेछिन्।

‘कन्टेम्पोररी चार आईटम डान्सको पर्फम हुनेछ । जसमा सबै लभ नम्बर नै हुनेछन्’, निशाले भनिन्।

मोडल सहाना बज्राचार्यले संचालन गर्ने कार्यक्रममा सुष्माले आइटम नम्बरहरू पस्किने जानकारी दिइन्। सोनाक्षी र मलाइकाले भारतबाटै आउने आफ्नो समूहसँग करिब २० मिनेट लामो प्रस्तुति दिनेछन्। कार्यक्रमका लागि सोनाक्षी र मलाइका वैशाख ३१ मा काठमाडौं उत्रने छन्।

३ घन्टा चल्ने कार्यक्रम हेर्न लागि ५ सय, १ हजार, २ हजार ५ सय, ५ हजार र ७ हजार टिकट काट्नुपर्नेछ। ६० हजार दर्शकको अपेक्षा गरिएको कार्यक्रममा नेपाली कलाकारको कोरियोग्राफी रेनशा राइले गरिरहेकी छिन्। कार्यक्रमबाट २ करोड माथीको रकम संकलन गर्ने लक्ष्य राखिएको छ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर