Aamsanchar

सवारीसाधनको ठक्करबाट एकको मृत्यु

Author Image
बिहिवार, पौष ६, २०७४

राजविराज, 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सवारीसाधनको ठक्करबाट बुधबार एक पुरुषको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी नम्बरसमेत नखुलेको सवारीसाधनको ठक्करबाट मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

मृत्यु भएको अन्दाजी २६ वर्षीय पुरुषको नाम, थर, वतन हाल सम्म खुल्न नसकेको उहाँले बताउनुभयो । यता ठक्कर दिएर फरार भएका सवारीसाधन र चालकको तीव्ररुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ ।

स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए । सोही क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर