[सुर्य खवास]
युएई,
“हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ” भन्ने नाराका साथ प्रवासी भुजेल समाज युएई ले गोरखा जिल्ला गण्डकी गाउँपालिका वाड नं. ३ याङडीका अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियानको घोषणा गरि युएईमा रहने भुजेल दाजु भाइ तथा दिदी बहिनी साथै सम्पुर्ण युएईबासी नेपालिमा सहयोगको अपिल गरेको छ।
९० वर्षिय दल बहादुर भुजेलका परिवाका सबै जन्मजात अपाङ्ग रहेका छन । उनका ४३ बर्षिय छोरा राम भुजेल, ४० बर्षिय छोरा चंख बहादुर भुजेल, ३५ बर्षिय छोरी देविमाया भुजेल अपाङ्ग छन भने उनी आफै पनि विगत १० वर्ष देखि हिडडुल गर्न नसक्दा परिवार साहार विहिन बन्न पुगेको छ ।
यस परिवारको आम्दानीको श्रोत केेहि नहुुुनु र खान लाउन समस्या त छदै छ गएको बिनाशकारी भुकम्पले सिर लुकाउन जेनजेनते धानेको सानो घरसम्म भत्किने अबस्थामा पुगेपछी बस्नको लागि पनि गाह्रो बनि कष्टकर जिवन बिताउन बाध्य छन । सरकारी निकाए तथा विभिन्न संघ , संस्थाबाट सहयोगको आस्वासन पाए पनि कहि कतैबाट सहयोग नपाएको यो परिवार सहयोगको आशामा घिस्रिएर जिउन बाध्य छन ।
बाबुका साथ दुई छोरा र एक छोरि बस्दै आईरहेको यस परिवारलाई बिहान बेलुका छाक टार्न समस्या छ । खान लाउन समस्या त छँदै छ गएको बिनाशकारी भुकम्पले सिर छोप्न जेनतेन धानेको सानो घरसम्म भत्किने अबस्थामा पुगेपछी बस्नको लागि पनि गाह्रो बनेपछि कष्टकर जिवन बिताउन बाध्य छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 81