Aamsanchar

‘चपली हाइट २’ ट्रेलर सार्वजनिक, ५ दिनमै २ लाख ४० हजार माथि हेरियो [भीडीयोसहित]

Author Image
सोमवार, असार २०, २०७३

chapali h 2

काठमाडौ  ।

धेरैलाई थाहा नहुन सक्छ, चलचित्र ‘चपली हाइट २’मा काम गरेका २ नयाँ अनुहार रियल लाइफमा पनि जोडी हुन् ।

नायक आयुष्मान देसराज श्रेष्ठ र नायिका  परमिता आरएल राना वास्तविक जीवनमा पनि प्रेममा छन् । रियल लाइफ जोडी भएका कारण पनि यी दुइले चलचित्रको पर्दामा केही हट दृश्य दिएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको ५ दिनमै यसलाई युटुबमा २ लाख ४० हजार नजिकले हेरेका छन् । निर्देशक दीपेन्द्र के खनाल र निर्माता अर्जुन कुमार चलचित्रको ट्रेलरले पाएको रेस्पोन्सबाट आफूहरु उत्साहित भएको बताउँछन् । चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।

चलचित्रमा नायिका परमिता एक गीतमा खुबै खुलेकी छिन् । यो गीतमा परमिता र आयुष्मानले लिप किस मात्र दिएका छैनन्, खुलैर रोमान्स पनि गरेका छन् । स्विमिङ पूल र नदिमा खिचिएको एक गीतमा परमिताले विकिनी लगाएकी छिन् ।

उनको हट अवतार प्रस्तुत गरिएको गीत केहि दिनमै सार्वजनिक हुँदैछ ।  आफूहरु प्रेमी-प्रेमिका भएका कारण पनि यस्तो दृश्य दिन सजिलो भएको आयुष्मान र परमिता बताउँछन् । भदौ २ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर