Aamsanchar

कंग्रेस महामन्त्री कोईरालाको अवस्था गम्भीर

Author Image
बुधवार, असार २२, २०७३

काठमाण्डौं ।index

निरन्तर बान्ता भएपछि राजधानीको चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका नेपाली कंग्रेसका महामन्त्री सशांक कोईरालाको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

 

गएराती अचानक निरन्तर बान्त भएपछि अस्पताल लगिएका कोईरालाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर तथा स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

कोईरालालाई निमोनियाको समस्या समेत देखिएको अस्पतालका निर्देशक डा हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर बान्त भएपछि फोक्सोमा समेत समस्या देखिएको छ । विहान ६०/४० मा झरेको उहाँको रक्तचापमा अहिले भने केही सुधार भएको अस्पतालले जनाएको छ ।
कोईरालाको उपचारमा डा भगवान कोईराला, डा अर्जुन कार्की लगायत १५ जना विशेषज्ञ चिकित्सकको टिम खटिएको छ ।
कोइरालालाई भेट्न प्रधानमन्त्री केपी ओली, कंग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन् ।

विहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिनुभएको छ

Views: 176

प्रतिक्रिया (०)