Aamsanchar

थप दुई औषधि पसल सिल, तीन बन्द, दुई पक्राउ

Author Image
शुक्रवार, असार २४, २०७३

बिर्तामोड ।

जिल्ला प्रशासन कार्यालय झापा र औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले अनुगमनको क्रममा झापाका विभिन्न स्थानमा सञ्चालित दुईवटा क्लिनिकलाई सिल गरको छ ।
त्यस्तै तीनवटा बन्द र यसमा संलग्न दुईजनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
सिल गरिएका औषधि पसलहरुमा निताइ आयुर्वेदिक उपचार केन्द्र बिर्तामोड र आरआलीमा सञ्चालित लाइभ सेभिङ अस्पतालभित्र रहेको आयुष फार्मेसी रहेका छन् ।
यसैगरी अगमलाल राजवंशीले सञ्चालन गरेको आयुर्वेदिक उपचार केन्द्र बिर्तामोड, हिमाल अधिकारीले सञ्चालन गरेको न्यु हिमालय एक्सरे र बुधबारेमा राजु कार्कीले सञ्चालन गरेको हाम्रो औषधि पसल बन्द गराएको भट्टराईले जानकारी दिए । हाम्रो औषधि पसलमा रहेको ल्याबमा भने सिल गरिएको छ । टोलीले निताइ आयुर्वेदिक उपचार केन्द्रका प्रोपाइटर मोहनप्रसाद राजवंशी र न्यु हिमालय एक्सरेका सञ्चालक हिमाल अधिकारीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको बताइएको छ । टोलीमा औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत गणेश तामाङ सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर