Aamsanchar

कण्डम,सुई र पिल्स झञ्झटिलो,इम्प्लान्ट छैन

Author Image
शनिवार, असार २५, २०७३

बझाङ   ।

बझाङ जिल्ला अस्पताल सिमखेतमा नै परीवार नियोजनको अस्थायी साधन छैन भन्दा, सुन्दा पनि अचम्म लाग्न सक्छ ।  तर जिल्ला अस्पताल सिमखेत बझाङको वास्तविकता यस्तै छ ।

झण्डै एक ममिना भइसक्यो जिल्ला अस्पताल सिमखेतमा परिवार नियोजनको साधन ईम्प्लान्ट छैन । मासिक रुपमा १० देखि १५ जनाले इम्प्लान्ट सेवा दिँदै आएको जिल्ला अस्पताल बझाङमा अहीले परिवार नियोजनको साधन इम्प्लान्ट नहुँदा धेरै महिला समस्यामा परेका छन् ।

त्यस्तै बाध्यता भोगेकी महिला हुनुहुन्छ भातेखोला–२ कि नारदा देवि धामी । धामीले नेपाल सिआरएस कम्पनीले गाँउमा गएर परिवार नियोजन सम्बन्धी जनचेतना फैलाएपछि आफूलाई उपयुक्त परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट राख्ने सोच गर्नुभयो ।

उहाँले भन्नुभयो ‘परिवार नियोजनको साधन राख्न भनेर एक दिन लाग्ने पैदल यात्रा गरेर जिल्ला अस्पताल सिखेतमा पुगेँ, अस्पतालमा इम्प्लान्ट सकिएको भने पछि फिर्ता भएँ ।’ उहाँले भन्नुभयो ‘परीवार नियोनाको अस्थायी साधन इम्प्लान्ट राखेर पाँच वर्षका लागि ढुक्क हुने सोच बनाएकी थिएँ, अस्पतालमा गएर रित्तै फर्किनु पर्दा नराम्रो लाग्यो ।’

परिवार नियोजनको साधन इम्प्लान्ट सबिएको झण्डै एक महिना भएको अस्पतालका परिवार नियोजन सुपरभाईजर आलोक नारायण चापागाईले बताउनुभयो ।

चापागाईले क्षेत्रीय स्टोरमा खबर गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले क्षेत्रीय स्टोरमा खबर गरीसकेका छौँ, अबको केही दिनमा नै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट आउन सक्छ, अहिले इम्प्लान्टको ठाँउमा पिल्स र आइयुसिडी प्रयोग गरीरहेका छौँ ।’

परिवार नियोजनको अस्थायी साधन  कण्डम,  तीन महीने सुई लगाउन र पिल्स खाँदा झन्झटिलो हुने भएका कारणले ग्रामीण बस्तिका महिला परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट राख्न बढी चाँसो देखाउने गरेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. विष्णु खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर