Aamsanchar

सरकार फेरिँदैमा समस्या सुल्झँदैन

Author Image
शनिवार, असार २५, २०७३

मोरङ,

baburam-bhattarai-2

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताएका छन् ।

नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले शनिबार बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्षभित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताए ।

आदिवासी जनजाति र मधेसी दलको माग पूरा नभई निर्वाचन हुन नसक्ने बताउँदै उनले संविधान संशोधन गरेर भए पनि उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सरकार फेरिँदैमा समस्या सुल्झँदैन
भट्टराईले सरकार फेरबदल हुँदैमा मुलुकका यावत् समस्या सुल्झन नसक्ने विचार व्यक्त गरेका छन् ।

नयाँ शक्तिले शनिबार बिहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले छिनछिनमा सरकार फेरिने राजनीतिक संस्कार नहटाएसम्म मुलुकमा राजनीति सङ्क्रमण कायम नै रहने बताए ।

उनले भने, ‘अहिले सरकार फेरबदलमा केही दल लागे पनि यसले मुलुकमा देखिएको समस्या हट्न सक्दैन ।’

उनले हालको व्यवस्थालाई संविधान संशोधनमार्फत नै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको औंल्याउँदै संविधानमा नसमेटिएका विभिन्न विषयको समाधान खोज्न दलहरु एक भई अगाडि बढ्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर