Aamsanchar

जयपुरका युवाले वित्तिय लगानी गर्दै

Author Image
बुधवार, चैत ७, २०७४

बुद्धशान्ति

युवाहरु विदेश पलायन भईरहेको सन्दर्भमा बुद्धशान्ति २ जयपुरका युवाहरु भने स्वदेशमै केही गर्ने लक्ष्यका साथ अघि बढेका छन् । उनीहरुले हालै वित्तिय कारोवार गर्ने मुख्य उद्धेश्य राखेर झापा जयपुरमा बुद्धशान्ति इनभेष्टमेन्ट प्रालि खोलेका छन् ।

सो क्षेत्रका १३ जना युवाहरुको तदर्थ समिति रहेको सो प्रालिले आगामी दिनमा वित्तिय कारोवार गर्ने लक्ष्य लिएर प्रालि दर्ता गरिएको प्रालिका अध्यक्ष खेमराज श्रेष्ठ ( राम) ले जनाएका छन् । प्रालिमा २ सय जना युवालाई समेटेर प्रत्येक युवाबाट एक, एक लाख शेयर खुलाएर संकलित २ करोड रकमबाट वित्तिय कारोवार गर्ने योजना रहेको प्रालिका कोषाध्यक्ष मुकेश भट्टराईले जनाएका छन् ।

प्रालिको उपाध्यक्षमा परमेश्वर वोहोरा, सचिवमा पंकज भट्टराई, जनसम्पर्क अधिकारीमा गोविन्दप्रसाद घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा शेखर भट्टराई, दीपक श्रेष्ठ, ज्योति श्रेष्ठ, दीपेन्द्र धमला, मदन श्रेष्ठ, चेतनकुमार भट्टराई, संन्दीप श्रेष्ठ र भुपेन्द्र लमजेल रहेका छन् ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर