Aamsanchar

सहारा नेपाल बचत तथा ऋण सहकारी मुलुककै उत्कृष्ट

Author Image
सोमवार, चैत १९, २०७४

बिर्तामोड।

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी मुलुककै उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ ।

वित्तीय रुपमा सवल सहाराको कूल सम्पत्ति र दायित्व साढे ६ अर्ब रुपैयाँ पुगेको छ । सम्भवतः यो देशकै सबैभन्दा बढी कारोबार गर्ने सहकारी बनेको छ । ०७४ फागुन मसान्तसम्म संस्थाको कूल सम्पत्ति ६ अर्ब ४१ करोड ५४ लाख ४ हजार ७ सय ५० पुगेको छ । एक लाख ३० हजार ८०१ जना शेयर सदस्य रहेको सहारा नेपाल साकोस सबैभन्दा बढी सदस्य हुने सहकारी मध्ये पहिलो हो ।

‘समुदाय र सदस्यप्रतिको दायित्व निर्वाहमा अग्रसर छौं’– संस्थाका सचिव महेन्द्रकुमार गिरीले भने– ‘शिक्षा, स्वास्थ्य र कृषिमा विशेष योगदान गर्दैछौं ।’ सोमवार सहकारीको २२ औं स्थापना दिवसको अवसरमा कार्यालयमा आयोजित पत्रकार भेटघाटमा गिरीले भने– ‘संस्थाहरुले चाहने हो भने समाजमा धेरै परिवर्तन गर्न सक्छन्, त्यसको उदाहरण सहारा नेपाल साकोस बनेको छ ।’

प्रदेश नम्वर १ को ६ जिल्ला कार्यक्षेत्र रहेको सहकारीका ५७ वटा सेवा केन्द्र सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सहकारीले जीवन बरदान कार्यक्रम अन्तर्गत आफ्नो शेयर सदस्यलाई औषधि उपचारमा सहयोग पु¥याउँदै आएको छ । सहकारीले जीवन बरदान कार्यक्रम अन्तर्गत निःशुल्क शल्यक्रिया, उपचारका लागि विशेष सहयोग पु¥याउँदै आएको छ । यस बर्षबाट सेवालाई बृद्धि गर्दै उपचार र औषधिमा दैनिक दुई हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
संस्थाले आगामी २०८०देखि सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । संस्थामा निःशुल्क स्वास्थ्य सेवाका लागि १४ करोड रुपैयाँको कोष खडा गरेको र बार्षिक दुई करोड रुपैयाँ बृद्धि गर्दै जाने बताइएको छ । २०८०सम्ममा ५० करोडको कोष स्थापना गर्दै आफ्ना शेयर सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यकारी निर्देशक गिरीले बताए ।

सञ्जीवनी कार्यक्रम अन्तर्गत संस्थाले प्रेसर र सुगरका विरामीलाई औषधिमा ५० प्रतिशत छुट दिँदै आइएको बताइएको छ । सेवालाई बृद्धि गर्दै अबदेखि थाइराइडको औषधि समेत ५० प्रतिशत रकममै उपलब्ध गराइने र आगामी दिनमा १० वटा जटिल रोगको औषधिमा समेत ५० प्रतिशत अनुदान दिइने सहकारीको लक्ष्य छ । एक करोड ६५ लाख रुपैयाँको लागतमा प्रदेश नं. १मै पहिलोपटक आईसीयूसहितको एम्बुलेन्स खरिद गरी सहकारीले एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताइएको छ ।

सहकारीले यसअघि हाम्रो बहुउद्देश्यीय सहकारी संस्थासँग मर्च गरेको र कनकाई बहुउद्देश्यीय सहकारी संस्था लगायत अन्य ५ वटा सहकारी संस्थालाई मर्चको प्रक्रियामा लगेको बताइएको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशस्तरको मौरी उद्योग स्थापना गर्ने सहकारीले सोच लिएको र आगामी तीन बर्षभित्र १५ हजार किसानलाई बाख्रा र कुखुरा पालनमा व्यवसायिक बनाउने लक्ष्य लिएको बताइएको छ । सहकारीले यसबर्ष सहारा पत्रकारिता पुरस्कार निर्माण लहर साप्ताहिकका सम्पादक रोहित काफ्लेलाई प्रदान गर्ने जनाएको छ ।

चैत २१ गते हुने स्थापना दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा उपाध्यक्ष उपेन्द्र ओलीले स्वागत गरेका थिए भने महिला उपाध्यक्ष पवित्रा लिम्बूले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर