Aamsanchar

काँग्रेसले गठन ग¥यो छाया सरकार

Author Image
बुधवार, वैशाख १२, २०७५

रुकुम,

नेपाली काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ ।

आज जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले जानकारी दिएको छ ।

जनप्रतिनिधिहरूले जनताको इच्छा, आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने ढंगले काम गरिरहेकाले यसलाई रोक्न छाया सरकार गठन गरिएको काँग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।

जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको उहाँको भनाइ छ । जिल्लाका सबै स्थानीय तह र जिल्लामा पनि छाया सरकार गठन गर्ने काँग्रेसको तयारी छ ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर