Aamsanchar

ए ल..ल.. म १० मिनेटमा आइपुग्छु…

Author Image
सोमवार, वैशाख १७, २०७५

झापा ।

हेलो कहाँ छौं ? यहाँ ग्राहकहरु आउनुभएको छ, आउनुप¥यो । ए ल..ल.. म १० मिनेटमा आइपुग्छु– यो संवाद हो झापाको बिर्तामोडमा होटल सञ्चालन गरेका एक व्यवसायी र यौनकर्मी महिलाको ।
सुन्दा सामान्य लाग्न सक्छ तर झापाका अधिकांश शहरहरुमा पछिल्लो समय कल गर्ल बढ्दै गएका छन् । प्रहरीले दैनिकजसो होटलहरुमा छापा मारेर धमाधम यौनकर्मी महिला तथा सञ्चालकका साथै यौनप्यास मेटाउन पुगेका पुरुष ग्राहकहरुलाई पक्राउ गर्न थालेपछि व्यवसायी र यौनकर्मी महिलाहरुले नयाँ जुक्ति अपनाएका हुन् ।
पछिल्लो समय कल गर्लहरु शहरको भित्री भागमा बस्ने र दिनभर होटलमा ग्रहकलाई सन्तुष्टि दिन तल्लिन हुने गरेको स्रोतले जनाएको छ । बिर्तामोडमा चिया नास्ता बेच्दै आएका एक व्यवसायी भन्छन्–३÷४ जनाको समूहमा क्याम्पस पढ्ने भन्दै कोठा भाडामा लिँदा रहेछन्, दिनभरि विभिन्न होटल धाउँछन् बेलुका चुरोट र रक्सी लिएर जान्छन् ।
नाम नबताउने शर्तमा उनले भने– झापामा यौन व्यवसायको ठूलो सञ्जाल छ । यहाँ समाजका प्रतिष्ठित व्यक्तिहरु पनि यौनकर्मी महिलाको चङ्गुलमा फस्ने गरेका छन् । यसले धेरैको घरबार बिगारेको छ । उत्ताउलो स्वभावका हुने यौनकर्मी महिलाले ग्राहकलाई सजिलै आफ्नो पकडमा पार्न सक्ने उनको भनाइ छ । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले यौन व्यवसायमा संलग्न जो कोहीलाई पनि कारबाही गर्ने बताए ।
झापाका दमक, बिर्तामोड, काँकरभिट्टा लगायतका शहरहरुमा यौनधन्दा रोक्न प्रहरीले दैनिक अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । उनले भने– म आएको ७÷८ महिना भयो । मैले पहिलोपटक यौन ब्यवसायमा संलग्नहरुलाई मानव बेचबिखन अन्तर्गत मुद्दा चलाएर कारबाही गरेको छु । अनैतिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि हामी कारबाही गर्दै समाजमा शान्ति स्थापनाका लागि खटेका छौं, यसमा सबै होटल व्यवसायीहरुले पनि साथ दिनुपर्छ– प्रहरी उपरीक्षक केसीले भने ।

भारतीय पुरुषको रोजाईमा नेपाली युवती
भारत सरकारले विभिन्न स्थानलाई रेड लाइट एरिया नै घोषणा गरेर आधिकारिक रुपमा यौन ब्यवसायलाई बैधानिकता दिए पनि भारतीय पुरुषहरु भने नेपालका होटलहरुमा विभिन्न समयमा अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ पर्ने गरेका छन् ।
पछिल्लो समय भारतीय पुरुषहरुको रोजाइमा नेपाली युवतीहरु पर्ने गरेको एक होटल व्यवसायीको भनाइ छ । उनले भने– भारतीय पुरुषहरु समूहमा आउँछन् र होटलमा सम्पर्क गरेर युवती बोलाई दिन भनेपछि यौनधन्दा शुरु हुन्छ । भारतमा भन्दा नेपालमा कम रकममा यौन प्यास मेटाउन पाउने भएकाले पनि उनीहरुको रोजाईमा नेपाली यौनकर्मी महिला बनेको स्रोतले जनाएको छ ।

दिउ“सो ग्राहक धेरै
प्रहरीले बेलुकी होटलहरुमा छापामार्न थालेपछि यौनप्यास मेट्न पुरुषहरु दिउँसो होटल धाउने गरेको स्रोतले जनाएको छ । ग्राहक पुगेपछि मात्रै यौनकर्मी महिलाहरु आउने भएकाले दिउँसो कसैले शंका नगर्ने भएकाले पनि यो मौका सबैभन्दा उत्तम रहेको एक होटलका सञ्चालकले बताए ।
प्रहरीले पनि दिउँसो होटलमा छापा नमार्ने भएकाले दिउँसो कुनै डर नहुने नाम नबताउने शर्तमा एक ग्राहकले बताए । उनले भने– साँझको समयमा प्रहरीले होटलहरुमा निगरानी गर्ने गर्छ, दिउँसो कसैको ध्यान जाँदैन ।

४० कटेसी रमाउने धेरै
प्रहरीले झापाका विभिन्न स्थानबाट अनैतिक क्रियाकलापमा संलग्नहरुमध्ये ४० वर्ष काटेका धेरै पुरुषहरु पक्राउ पर्ने गरेको जनाएको छ ।
घरमा यौन सन्तुष्टि नमिलेपछि होटल धाउनुपरेको एक पुरुष ग्राहकले बताए । उनले भने– अधिकांश पुरुषको चाहना भनेको किशोरीहरुसँग यौनसम्बन्ध गाँस्ने नै हुन्छ, त्यसैले होटलमा ४० कटेका पुरुषहरु आउने गर्छन् ।

पूर्वका पश्चिम, पश्चिमका पूर्व
झापामा पक्राउ पर्ने गरेका अधिकांश यौनकर्मी महिलाहरु पश्चिमका रहेको प्रहरी स्रोतले जनाएको छ । पश्चिमका यौनकर्मी महिलाहरु पूर्वका होटलमा र पूर्वका यौनकर्मी महिलाहरु पश्चिमका होटलहरुमा पक्राउ पर्ने गरेको जनाइएको छ ।
अधिकांश युवतीहरु जागिर तथा पढाइ भन्दै कोठामा बस्ने र यौन व्यवसायमा संलग्न हुने गरेको जनाइएको छ । अधिकांश किशोरीहरुले बाध्यताले यो पेशा अंगाल्ने गरेको बताए पनि छिट्टै धनी बन्ने सपनाका कारण उनीहरु यसरी फस्ने गरेको बताइएको छ ।
पछिल्लो समय यौनकर्मी महिलाहरु एड्भान्स भएका छन्– ती किशोरीले भनिन्– स्कुटीमा हिँड्छौं । कसैले पनि यस्तो व्यवसायमा लाग्छे भन्ने शंका गर्दैनन् । त्यसैले पनि यो व्यवसाय अहिले एड्भान्स भएको छ ।

यौनमा करोडौं खर्च
झापाको बिर्तामोडमा रहेका एक होटलमा यौन व्यवसायमा संलग्न किशोरीले मासिक एक लाख २० हजार रुपैयाँसम्म कमाउने गरेको बताइन् । दैनिक २०–२५ जनासम्म ग्राहक आउने र होटल सञ्चलकलाई आधा र आफूलाई आधा बाँड्ने गरेको उनको भनाइ छ ।
झापामा करिब एक सयको हाराहारीमा यौनकर्मी महिलाहरु रहेको र यौन, रक्सीमा मात्रै पुरुषहरुले करोडौं रुपैंया खर्च गर्ने गरेको स्रोतको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)