Aamsanchar

जथाभावी नगर्न घर्तीलाई ओलीको चेतावनी

Author Image
मङ्गलवार, साउन ४, २०७३
काठमाण्डौं ।
Kp-Oli_1-1
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ ।
बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर  बिहीवारसम्मका लागि लागि भएको थियो । सरकारसँग छलफल नै नगरी सभामुख घर्तीले संसद बैठक स्थगित गरेको आरोप लागेपछि प्रधानमन्त्री ओलीले संसदीय अभ्यास भन्दा बाहिर नजान सभामुख घर्तीको ध्यानाकर्षण गराउनुभएको हो ।
संसद सचिवालयले बिहीवारबाट तीन दिन सरकारबिरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि तय गरिसकेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष समेत रहेका ओलीले बजेटसँग सम्बन्धित सम्पूर्ण विधेयक पारित गर्न सभामुखलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
जवाफमा सभामुख घर्तीले अन्य दलका शीर्ष नेताहरुसँग छलफल गरेर आवश्यक निर्णय लिने बताउनुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर