Aamsanchar

झापामा २१ झोलुङ्गे पुल

Author Image
आइतवार, असार १७, २०७५

बिर्तामोड।

स्थानीय समुदायको आधारभूत, सामाजिक सेवा र आर्थिक स्रोतमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पुर्याउने उद्देश्यले झापामा सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लागू भएको छ । जसका कारण ३० हजार भन्दाबढी जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुङ्गे पुल निर्माण हुँदै आएका छन् ।

झोलुङ्गे पुलको प्राविधिक सहयोग तथा सामाजिक सहयोग तत्कालीन जिविस झापाको सहयोग संस्थाको रुपमा गैरसरकारी संस्था सहारा नेपालले गर्दै आएको छ । सुरक्षित तथा भरपर्दो झोलुङ्गे पुल निर्माण गर्ने, सामाजिक तथा आर्थिक स्रोत एवम् अवसरहरुमा पहुँच बढाउने र गरिबी निवारणमा टेवा पुर्याउने पुल निर्माणका मुख्य उद्देश्य हुन् ।

झोलुङ्गे पुल निर्माणको अनुगमन, निर्देशन, आवश्यक प्राविधिक सहयोग जिविस तथा टीबीएसयू बर्दिबासबाट हुँदै आएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक लीलाप्रसाद नेपालले बताए ।

कहा“–कहा“ बने झोलुड्डे पुल ?

आर्थिक वर्ष २०७०÷०७१मा हल्दिबारी–१ गोल्धाप र बाह्रदशी–५ चकचकीमा अधेरे खोलामा फोक्लेण्ड टापु ट्रष्ट ब्रीज निर्माण भएको छ । ३२ मिटर लम्बाईको सो झोलुङ्गे पुल निर्माणसँगै ८३ घर धुरी प्रत्यक्ष लाभान्वित भएका छन् । जसको लागत १७ लाख १६ हजार आठ सय १८ रुपैयाँ ७६ पैसा रहेको छ ।

एक सय ९० घरधुरी लाभान्वित हुने गरी अन्धुवा खोलामा सतानुबाडी ट्रष्ट ब्रीज निर्माण भएको छ । २४ मिटर लम्बाईको यो पुल १२ लाख ७१ हजार आठ सय ८५ रुपैयाँमा निर्माण सम्पन्न भएको हो । बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा १६ मिटर लम्बाईको धरधरे ट्रष्ट ब्रीज निर्माण भएको छ । जसका कारण एक सय ३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । जसको लागत १० लाख १५ हजार आठ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै मेचीनगरको धाइजनमा ढाक्रे खोलामा पनि बाँसबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । २८ मिटर लम्बाईको सो पुल बनाउन १५ लाख ६२ हजार ७१ रुपैयाँ ५६ पैसा लागेको बताइएको छ । जसबाट दुई सय ६७ परिवार लाभान्वित भएका छन् ।

२०७०÷०७१ मा निर्माण गरिएका झोलुङ्गे पुलबाट छ सय ७५ घरपरिवार प्रत्यक्ष लाभान्वित बनेको र तीन हजार तीन सय ३८ जना लाभान्वित संख्या रहेको बताइएको छ । चारवटा पुल निर्माणका लागि ५५ लाख २९ हजार सात सय ८३ रुपैयाँ ६१ पैसा खर्च भएको कार्यक्रम संयोजक नेपालले बताए ।

आर्थिक वर्ष ०७१÷०७२मा चारवटा पुल निर्माण भएका छन् । पुल निर्माणसँगै सात सय ९८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । ७७ लाख ५७ हजार सात सय ११ रुपैयाँ छ पैसामा निर्माण गरिएको चारवटा पुलबाट तीन हजार आठ सय ५२ जना परिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ ।

०७१÷०७२मा पथरी–८ र केचना–९मा पर्ने अमलपुट्टा खोलामाथ २० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । १२ लाख ४८ हजार छ सय ४९ रुपैयाँको लागतमा निर्माण गरिएको पुलले दुई सय ३७ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइन्छ । पुलको आदर्श टोल ब्रीज ट्रष्ट राखिएको छ । बुधबारे–१ तामाखोलामा दामातार ट्रेल ब्रीज निर्माण गरिएको छ । ७५ मिटर लामो पुलबाट दुई सय एक परिवार लाभान्वित भएका छन् । जसको लागत २८ लाख १६ हजार दुई सय ९३ रुपैयाँ रहेको छ ।

सतासी खोलामा पनि मैनाचुली टे«ल ब्रीज निर्माण गरिएको छ । सतासीधाम–९मा पर्ने सतासी खोलको पुलको लम्बाई ४५ मिटर रहेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका एक सय ४७ परिवार लाभान्वित भएका छन् । पुल निर्माणका लागि १९ लाख ५९ हजार पाँच सय ९५ रुपैयाँ खर्च भएको छ ।

यता तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा २८ मिटर लामो झोलुङ्गे पुल बनाइएको छ । १७ लाख ३३ हजार एक सय ७४ रुपैयाँको लागतमा निर्माण गरिएको ढ्यांग्री ट्रष्ट ब्रीजका कारण दुई सय १३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

०७२÷०७३ मा पनि चार वटा झोलुङ्ग पुल निर्माण भएका छन् । ज्यामिरगढी–४ र दुहागढी–८मा एक सय १७ दशमलब चार मिटर लामो धगेरे भंगोला टे«ल ब्रिज निर्माण भएको छ । ६५ लाख १८ हजार एक सय आठ रुपैयाँको लागतमा निर्माण भएको झोलुङ्गे पुलले पाँच सय ५० परिवार लाभान्वित भएका छन् ।

जलथल–३मा काजली खोलामा समेत पुल निर्माण भएको छ । एक सय सात मिटर लामो पुलका कारण एक सय ५० परिवार लाभान्वित भएका छन् । ५७ लाख ९३ हजार ६३ रुपैयाँ ७२ रुपैयाँको लागतमा सो पुल निर्माण भएको हो । जसको नाम चौकीविरान टे«ल ब्रीज राखिएको छ ।

देउनीया खोलामा पनि मसानघाट टे«ल ब्रीज निर्माण भएको छ । भद्रपुर–१४ र गरामनी–२ जोड्ने एक सय ६ मिटर लामो पुलका कारण एक सय ९६ परिवार लाभान्वित भएका छन् । जसको लागत ४८ लाख ३२ हजार ११ रुपैयाँ ७५ पैसा रहेको छ ।

यता अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पनि सुखानी टे«ल ब्रीज निर्माण भएको छ । ४२ लाख ९१ हजार नौ सय १४ रुपैयाँको लागतमा सुखानी टे«ल ब्रीज निर्माण भएको हो । ०७३÷०७४मा घाग्राखोलमा सिमलचोक टे«ल ब्रीज निर्माण भएको छ । डाँगीबारी–७मा पर्ने घाग्राखोलमा निर्माण गरिएको पुलको लम्बाई ६९ दशमलव चार मिटर रहेको छ । ४० लाख ३१ हजार सात सय ७४ रुपैयाँमा निर्माण गरिएको पुलका कारण त्यस क्षेत्रका पाँच सय १५ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

०७४÷०७५मा झापाका आठ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको छ । चार करोड ३८ लाख ६९ हजार नौ सय १७ रुपैयाँको लागतमा निर्माण भएका झोलुङ्गे पुलका कारण तीन हजार पाँच सय २० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

झापा गाउँपालिका–१को सानोमाईसहित हल्दिबारी–१ र बाह्रदशी–५को अन्धुवा खोला सापडिग्री खोलामा ९६ मिटर लामो मुक्तिघाट मल्टीट्रष्ट ब्रीज निर्माण गरिएको छ । जसको लागत ९७ लाख ६९ हजार छ सय ३७ रुपैयाँ रहेको बताइएको छ । सो पुलका कारण एक हजार एक सय २० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुन्धुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । ३२ मिटर लामो ट्रष्ट ब्रीज निर्माणका लागि ३७ लाख ४१ हजार एक सय २१ रुपैयाँ खर्च भएको बताइएको छ । सो पुलका कारण चार सय ६० परिवार लाभान्वित भएका छन् ।

कमल गाउँपालिकाको तोपगाछीको भुत्लुङ्ग खोलामा ३२ फिट लामो ज्योति भुत्लुङ्ग ट्रष्ट ब्रीज निर्माण भएको छ । २८ लाख १३ हजार दुई सय ३३ रुपैयाँको लागतमा निर्माण गरिएको पुलका कारण तीन सय परिवार लाभान्तिव हुने बताइएको छ ।

अर्जुनधारा–२को गोयाङ खोलामा ८८ मिटर लामो राते–गाँजाबारी झोलुङ्गे पुल निर्माण गरिएको छ । ७७ लाख ५३ हजार आठ सय ५२ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलले तीन सय ५० परिवार लाभान्वित हुने बताइएको छ ।

निन्दा खोलामा पनि मिनी माउन्टेन झोलुङ्गे पुल निर्माण भएको छ । ८३ मिटर लामो झोलुङ्गे पुलले मनेपा बाहुनडाँगी र जिर्मले इलामलाई जोड्ने बताइएको छ । जसको लागत ६७ लाख ५१ रुपैयाँ रहेको छ । जसको कारण चार सय ८० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

हल्दिबारी–१ गोल्धापमा ॐकारेश्वर झोलुङ्गे पुल निर्माण भएको छ । ३२ मिटर लामो झोलुङ्गे पुलका कारण पाँच सय ३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । जसका लागि ४४ लाख ६० हजार नौ सय ४५ रुपैयाँ खर्च भएको बताइएको छ ।

त्यस्तै सतासीधामको धरमपुरमा लेलिया खोलामा २० मिटर लामो प्रगति टोल ट्रष्ट ब्रीज निर्माण भएको जसका कारण दुई सय ८० परिवार लाभान्वित भएका छन् । २६ लाख १० हजार सात सय २३ रुपैयाँको लागतमा सो ट्रष्ट ब्रीज निर्माण भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर