Aamsanchar

सरकारपछि हट्यो संसदमा पेस गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता

Author Image
बिहिवार, असार २१, २०७५

काठमाडौं ।

सरकारले संसदमा पेस गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने भएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले प्रतिस्थापन विधेयक संसदमा पेस गरे पनि पास गराउन नसकेपछि फिर्ता लिने निर्णय गरेको बताए।

प्रतिस्थापन विधेयक अध्यादेशभन्दा फरक व्यवस्था गरी ल्याइएको भन्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशनमा बसेका छन्। यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि प्रतिस्थापन विधेयकको विपक्षमा देखिएपछि संसदमा दर्ता भएर पनि संसद बैठकमा टेबुल हुन सकेको थिएन।

तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा केसी १६ असारदेखि जुम्ला पुगेर १५औँपटक अनशन बसिरहेका छन्।–थाहाखबरबाट

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर