Aamsanchar

मुख्यमन्त्री राईलाई नगर प्रमुख रानाले ६ बुँदे ज्ञापन पत्र बुझाए

Author Image
मङ्गलवार, असार २६, २०७५

सागर गौतम/सुखानी, 

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले नगर स्तरीय ६ बुदेँ मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

जसमा अर्जुनधारा–७ स्थित शनिश्चरे बजारमा मासुुुु प्रशोधनका लागि बध स्थल निर्माण, अर्जुनधार जलेश्वर धामको भौतिक पूर्वाधार लगायत बृहत्तर विकास सम्बन्धीको मागपत्र बुझाइएको प्रमुख रानाले बताए । यता प्राथामिक स्वास्थ्य केन्द्र शनिश्चरेलाई स्तरोन्नतीका लागि १५ बेडको अस्पताल संञ्चालन गर्ने पनि उक्त मागपत्रमा समेटिएको छ ।

त्यस्तै शनिश्चरे बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माण, ठूलो नेते खोलामा पुल निर्माण सहित ६० कि.मी. रिङरोट स्तरोन्नतिका गर्ने मागपत्र प्रदेश मुख्यमन्त्री राईलाई बुझाइको हो ।

विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगी आशा र अपेक्षा सहितको ज्ञापन पत्र बुझाइएको हो । प्रमुख रानाले प्रदेश मन्त्रीहरुलाई एक्लाएक्लै सम्बन्धित विषयको मागपत्र समेत बुझाएका थिए भने त्यसको बोधार्थ सहित नगरपालिकाको सम्रग विकास सम्बन्धीको मागपत्र मुख्यमन्त्री राईलाई बुझाएका थिए ।

मुख्यमन्त्री, प्रदेशका विषयगत मन्त्री, मन्त्रालका सचिवहरुसँगको भेटघाटमा नगर प्रमुख रानाको आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको नगर प्रमुखका प्रेस सल्लाकार सागर गौतमले बताए । प्रमुख रानाले मुख्यमन्त्रीसँगको भेटघाटमा भने ‘स्थानीय सरकारको भविष्य, स्थानीय क्षेत्रको आवश्यकता अनुसार भौतिक पूर्वाधार सहित शिक्षा, स्वास्थ्य, कृषि, पशुपन्छी विकासका लागि निरन्तर अगाडि बढिरहेका छौ’ प्रदेश सरकारको तर्फबाट सहयोगको अपेक्षामा जोड दिए । उक्त प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित संस्था ज्ञापनपत्रमा साझेदारीमा विकास निर्माणका कामहरु अगाडि बढाएर लैजाने उल्लेख गरिएको छ ।

ज्ञापनपत्र पछि मुख्यमन्त्री राईले अर्जुनधारा नगरका मागलाई यथेष्ट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यता प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १५ बेडको अस्पताल संञ्चालनका लागि स्विकृतका लागि आफूले सहयोग गर्ने बताए ।

क्याम्पसको दिर्घकालिन समस्या समाधानका लागि प्रदेश स्तरीय निति तयार गर्ने सरकारको ध्यान गएको बताए । मन्त्री घिमिरेले अर्जुनधारा नगरपालिकाको कार्यशैली अत्यन्तै राम्रो भएको भन्र्दै प्रशंशा समेत व्यक्त गरेका थिए ।

नगर प्रमुख रानाले भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय प्रदेश सचिव डा. गोविन्द्र के.सी. पर्यटन तथा वन मन्त्रालय उप–सचिव पूर्णेश्वर सुवेदी सम्बन्धित विषयको ज्ञापनपत्र बुझाइएको बताइएको छ । नगर प्रमुख राना नेतृत्वको टोलीमा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाअध्यक्ष पुष्प प्रसाई, पशुपन्छी विकास अधिकृत पदम राई, स्वास्थ्य संयोजक मुकुन्द बस्नेत, डम्बर बल्लभ मिश्र, स्वकीय सचिव गजेन्द्र खनाल लगायत रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर