झापा। 

झापाको काँकरभिट्टामा लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

लागु औषध व्युरो काँकरभिट्टाको टोलिले सोमबार र मंगलबार गरी विभिन्न चारजनालाई लागुऔषध सहित पक्रउ गरेको हो । आज व्युरोको टोलिले झापा कमल गाँउपालिका ५ का अन्दाजी २४ वर्षीय अशोक खड्का ८१ एम्पुल लागु औषध सहित काँकरभिट्टाबाट पक्राउ गरेको हो ।
त्यस्तै सोमबार ४.५ ग्राम ब्राउन सुगर सहित मेची नगरपालिका ९ का रोशनडाँगी, बारा निजगणका धनबहादुर थापा, मेचीनगरपालिका ९ का मनिस आचार्य, मेचीनगरपालिका ९ कै फुर्वा शेर्पालाई पक्राउ गरेको हो ।

पक्राउपर्ने पाँच जनालाई नै हिरासतमा राखि अनुसन्धान भईरहेको लागुऔषध व्युरो काँकरभिट्टाका प्रमूख किसोर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ब्राउनसुगर सहित पक्राउपर्ने ४ जनाले भारतको पानीट्याङ्कीबाट काँकरभिट्टा हुँदै काठमाण्डौँसम्म सप्लाई गर्ने गिरोह नै रहेको बताएका छन् ।
उनिहरुलाई लागुऔषध ऐन २०३३ अनुसार कारबाही हुने बताईएको छ ।

