Aamsanchar

प्रदेश १ को राजधानी बिराटनगर अनि नाम सगरमाथा

Author Image
बिहिवार, असार २८, २०७५

विराटनगर ।

लामो समयदेखि प्रदेशको राजधानी र प्रदेशको नामको बिषयमा रस्साकस्सी चलिरहेको छ । मुख्यमन्त्री लगायत केही मन्त्रीहरु हरेक कार्यक्रममा पुगेर प्रदेशको नाम र राजधानीका बिषयमा साउन भित्रैमा टुंगो लगाउने बताईरहेका छन भने जुन क्षेत्रमा पुगिन्छ,त्यहिको बाहुल्यताका आधारमा नाम राख्ने संकेत गर्दै उनीहरु हिँडने गरेका छन ।

प्रदेश–१ को नाम के राख्ने र राजधानी कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाकै सांसदको फरक–फरक धारणा आईरहेको छ । अहिलेसम्म २ वटा प्रदेशको स्थायी राजधानी र नाम टुंगिसकेको भएपनि अन्य प्रदेशको भने टुगिंन बाँकी नै रहेको छ ।

विपक्षी दलका सांसदले राजधानीको विषय र नामको विषयमा प्रस्ताव आएपछि मात्रै प्रतिक्रिया दिने बतारहेका बेला सत्तापक्षका सांसद भने खुलस्त राजधानी र नाम यो हुनुपर्छ र यो हुनुहुँदैन भनेर प्रतिक्रिया दिन थालेका छन ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम सगरमाथा वा कोशी नै उपर्युक्त हुने बताएका थिए । सर्वसहमतिमै नाम र राजधानीको टुंगो लाग्ने प्रदेश सरकारले बताउँदै आएपनि कांग्रेसका प्रमुख सचेतक केदार कार्की समेत नामको विषयमा सर्वसम्मत निर्णय हुनुपर्ने बताउँछन ्।

सांसदहरूले प्रदेश–१ को नाम किरात, लिम्बूवान, खम्बूवान, कोशी वा सगरमाथा मध्येबाटै एक हुनुपर्ने सुझाव दिँदै आएका छन् । संघीय लिम्बूवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे पहिचानको आधारमा नाम राख्नुपर्ने र राजधानी धरानको विजयपुरलाई तोक्नु पर्नेमा जोड दिन्छिन ।

मुख्यमन्त्री शेरधन राईले भने नाम र राजधानीको टुंगो साउन महिनाभित्रै लगाउने बताएका छन् । ‘नाम र राजधानीको विषयमा अनौपचारिक हिसावले धेरै विषय आइरहेको र तीनै विषयका आधारमा नाम र राजधानीको टुंगो लगाउने उनको धारणा छ । स्रोतका अनुसार इटहरी र धनकुटालाई राजधानी नै नबनाए पनि केही कार्यालयहरू भने त्यहाँ पनि राख्न सकिने गरी छलफल समेत भईरहेको छ ।
नेकपाका सांसद टंक आङ्बुहाङ र कूलप्रसाद साम्बा पहिचानका आधारमा नाम राख्नुपर्नेमा जोड दिईरहेका छन ।

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद अम्बिर बाबु गुरुङ प्रदेश–१ को राजधानी विराटनगरलाई कायम गर्ने र प्रदेशको नाम सगरमाथा राख्नुपर्ने तर्क गर्छन । धनकुटाका निर्बाचित नेकपाका सांसद इन्द्रमणी पराजुलीले हावापानी र सबैलाई पायक पर्ने ठाउँ धनकुटालाई राजधानी बनाउनु पर्ने धारणा राखेका छन ।

झापाबाट निर्बाचित नेकपाका सांसद गोपाल बुढाथोकी सगरमाथा नाम राख्नुपर्ने बताउँछन् । ‘प्रदेशको नाम सगरमाथा राख्नुपर्नेमा उनले जोड दिए । सांसद टंक आङ्बुहाङ राजधानीको विषयमा बोल्न नचाहे पनि नाम भने किराँत कोशी, किराँत सगरमाथा राख्दा उपर्युक्त हुने धारणा राख्छन ।

प्रदेशवासीहरु भने प्रदेशको नाम र राजधानी कहाँ बन्छ भन्ने विषयलाई चासोका साथ हेरिरहेका मात्र छैनन यसअघि ईटहरी,धरान,धनकुटा र मोरङको गोठगाँउमा राजधानीको माग सहित आन्दोलन समेत गर्दै आएका छन ।-पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर