काठमाण्डौं ।
चलचित्र विकास बोर्डको अध्यक्षबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बदर गरेपछि निकिता आफू प्रकृयासंगत हिसावले नियुक्त भएको भन्दै सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेकी थिइन् ।
उनको मुद्दमा सुनुवाई गर्दै सोमबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि उनी बोर्ड फर्किएकी छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 42