Aamsanchar

आर्थिक सहयोग गरिदिन सुबेदीको आग्रह

Author Image
सोमवार, साउन ७, २०७५

झापा, 

छातीमा हड्डीको ट्युमर भइ हाल उपचाररत् झापा कनकाई नगरपालिका ५ लालपानीका ३५ बर्षिय तीर्थ सुबेदीको खर्च अभावले उपचारहुन नपाएको भन्दै आर्थिक सहयोग गरिदिइ जीवन वचाइदिन सबैसग अनुरोध गर्नुभएको छ ।

रोजगारीको शिलशिलामा ७ बर्ष अघि मलेसिया पुग्नु भएका सुबेदीलाई ट्युमर भएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खालीहात फकीएका थिए । हड्डीको ट्युमर भएको थाहा पाए पछि रोजगारदाता कम्पनीले उल्टैे लेबी रकम बरावरको काम लगाएर लेवि असुल भएपछि सुबेदीलाई नेपाल पठाइदिएको सुवेदीले गुनासो गर्नुभयो । नेपाल आए लगतै आफुले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको भए पनि हाल आएर पुन बल्झिएपछि थप समस्यामा भएको सुबेदी बताउछन ।

शुरुमा भरतपुर क्यान्सर अस्पतालमा देखाउदा ३ वटा केमु चढाउनुपर्ने डाक्टरले बताए पनि आफुसंग आर्थिक अभावले गर्दा एउटामात्रै केमु चढाएकोले ७ बर्षपछि रोग बल्झिएको चिकिस्तकले बताएको सुवेदीले जानकारी दिनु भयो ।

अहिले रोग निको पान भरतपुर क्यान्सर अस्पतालले ६ बटा क्यामु थेरापी गर्नुपने र रेडियासनले ६ महिनासम्म सेक्नुपर्ने डाक्टरले भने पनि त्यो गर्न आफुसंग पैसा नभएकोले समस्या भएको सुबेदी गुनासो गर्नुहुन्छ ।

आफुसग भएको सबै जायजेथा उपचारमा सकिएकाले अहिले आफुलाई आर्थिक सहयोग गरेर जिवन बचाइदिन सबैसग सुबेदीले आग्रह गर्नुभएको छ । सुबेदीका एक १२ बर्षका छोरा र ७ बर्षिय छोरी साथै श्रीमती कुमारीदेविसंगै हुनुहुन्छ । कुमारीदेवि स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवार को गुजारन चलाइरहनुभएको छ ।

यस भन्दा अघि उपचारमा ७ लाख सकिएको र पुन उपचारमा ४ लाख भन्दा धेरै पैसा लाग्ने भए पछि समस्या भएको पिडितकी श्रीमती कुमारीदेबि बताउनुभएको छ । अहिले सुवेदीको जिवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तिर्थ सुवेदी वचाउ सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिको सदस्यहरुमा याम फुयाल, भोला खड्का र रामबहादुर बुडाथोकी रहनुभएको छ ।

सुबेदीको उपचारका लागि अहिले सम्म समितिले ५० हजार रुपैँया सहयोग रकम जुटेको सहयोग समितिका संयोजक मैनालीले जानकारी दिनु भएको छ । त्यस्तै संयोजक मैनालीका अनुसार सुबेदीको सहयोगको लागी पिडितकी श्रीमती कुमारीदेवि बुडाथोकीको नाममा सनराइज बैँकको खाता नम्बर ०३८०४७१३१५२०२००१ मा पनि इच्छुकले सहयोग गर्न सक्ने बताउनुभएको छ । साथै सहयोग समितिका संयोजक दिनेश मैनालीको फोन नम्बर ९८२४९०७१०९ मा सम्पर्क गरि सहयोग गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर