Aamsanchar

करेन्ट लागेर एकको मृत्यु

Author Image
सोमवार, साउन ७, २०७५

राजविराज,

रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारमा सोमबार साँझ एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वर नगरपालिका–३ हटेलका २२ वर्षीय रन्जित सदा रहेको प्रहरी उपरीक्षक मकेशकुमार सिंहले बताउनभयो ।

वीरेन्द्र बजारमा बुद्धवीर साहको घर ढलान गर्ने क्रममा घर नजिकै रहेको ११ हजार भोल्टको तारमा छुन जाँदा सदालाई करेन्ट लागेको थियो ।

मृतकको शव स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अंचल अस्पतालमा राखिएको छ

Views: 161

प्रतिक्रिया (०)