

पर्वत – कास्कीको पोखरा महानगरपालिकास्थित फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका-१८ खपौदीमा बस्दै आएका १० वर्षीय आरेस लामाको पौडी खेल्ने क्रममा डुबेर शुक्रबार मृत्यु भएको हो।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि खटिएको थियो। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले करिब १८ फिट गहिराइबाट लामालाई अचेत अवस्थामा उद्धार गरेको थियो।

उनको उद्धारका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हेडक्वार्टर कालिका गण पोखराका सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माका अनुसार उनलाई उपचारका लागि तत्काल नै पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा–१० रामघाट पठाइएको थियो। उपचारका क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्।

Views: 22


