पर्वत,

चार जना विद्यार्थीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको आरोपमा पर्वतको एक विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको छ।

जिल्लाको फलेवास नगरपालिका- ६ स्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय खिलप्रसाद पौडेललाई जबर्जस्ती अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।

आरोपी प्रअ पौडेलविरुद्ध माझीगाउँ प्राविमै अध्ययनरत सातदेखि १२ वर्ष उमेर समूहका तीन जना र अर्को विद्यालयकी सोही उमेर समूहकी एक जनासहित चार जना छात्रालाई विभिन्न समयमा ललाई फकाई तथा धम्की दिएर करणी गरेको उजुरी परेकाले प्रक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ।

Views: 117

