Aamsanchar

सुतेकै ठाउँमा खुकुरी प्रहार, घाइतेको विराटनगरमा उपचार हुँदै

Author Image
मङ्गलवार, साउन ८, २०७५

लहान,

सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँमा मंगलबार बिहान खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्।

गर्मी भएकाले पक्की घरको मूल ढोका बन्द गरी बरण्डामा सुतिरहेका करिब ५५ वर्षीय धुपीलाल रामलाई मंगलबार बिहान करिब २ बजे अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएका हुन्।

उनको टाउकाको बायाँ, घाँटी र बायाँ हातमा खुकुरी प्रहारबाट चोट लागेको छ। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए। मुल ढोका बन्द रहेकाले ग्रिल नहालिएको खुल्ला झ्यालबाट पसेर खुकुरी प्रहार भएको पाइएको प्रहरी नायब उपरीक्षक खरेलले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। खुकुरी प्रहारपछि राम चिच्याउँदा घरका सदस्य र छिमेकी उठेपछि आक्रमण गर्ने व्यक्ति झ्यालबाट हाम फालेर पश्चिमतिर भागेको घाइतेकी पत्नी लालोदेवी रामले बताइन्।

खेतीपाती गरेर जीविका चलाइरहेका रामको कसैसँग झैं झगडा नभए पनि पारिवारिक रिसइबीको कारणले खुकुरी प्रहार भएको हुन सक्ने आशंका गरिएको छ। घाइतेका दुई भाई छोरा वैदेशिक रोजगारीमा रहेका छन्।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर