Aamsanchar

शान्ति मार्गको स्तरोन्नति

Author Image
बिहिवार, साउन १०, २०७५

सुरुङ्गा।

कनकाई–३स्थित शान्तिमार्गको स्तरोन्नति गरिएको छ । कनकाई नगरपालिका र स्थानीय उपभोक्ताको सहकार्यमा सो सडक मार्गको स्तरोन्नति गरिएको हो ।

कनकाई नगरपालिकाको आ.व. २०७४÷०७५ को बजेटबाट २० लाख र स्थानीय उपभोक्ताको २३ लाख ५० हजार गरी जम्मा ४३ लाख ५० हजारको लागतमा ६ सय ५० मिटर बाटोको स्तरोन्नति गरिएको हो । ३÷३ फिटका दुवैतर्फ पक्की ड्रेन (नाली) बनाई बाटोलाई २० फिट बनाइएको र ग्राभेल गरिएको छ ।

उक्त बाटो सम्पन्न गर्न स्थानीय समाजसेवी रमेश हुमागाँईको अध्यक्षतामा त्रिलोचन उप्रेती सचिव, मञ्जु मैनाली (उप्रेती) कोषाध्यक्ष र प्रेमप्रसाद उप्रेती, प्रदीप कार्की, धनन्ञ्जय फुयाँल, मीना न्यौपाने, मीना अधिकारी र रुद्रप्रसाद ढकाल सदस्य रहेको ९ सदस्यीय निर्माण समितिले काम गरेको थियो ।

सो बाटो निर्माणको अनुगमन गर्न कनकाई नगरपालिका वार्ड नं. ३का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको संयोजकत्वमा कनकाई नगर कार्यपालिका सदस्य नबलकिशोर दत्त, वार्ड सदस्य छबि थपलिया, स्थानीय उपभोक्ताहरु तीर्थराज खरेल, मनकुमार न्यौपाने (केशर), डम्बरकुमारी भट्टराई, शिवकुमार कँडेल, युवराज शिवाकोटी र मदनकुमार उप्रेती सदस्य रहेको शान्तिमार्ग निर्माण अनुगमन समिति गठन गरिएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६का लागि नगरपालिकाका तर्फबाट समपूरक कोष अन्तर्गत पुनः १० लाख रुपैयाँ बजेट विनियोजन गरिएकाले सो बाटोलाई कालोपत्रे गर्ने पूर्वाधार स्वरुप उच्चस्तरको ग्राभेल गरिने स्थानीय संगीता उप्रेतीले जानकारी दिइन् ।

Views: 168

प्रतिक्रिया (०)