काठमाडौं,

२७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए ।

‘अब छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौँ’, सदस्य न्यौपानेले भने । मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो ।


प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।
Views: 267

