Aamsanchar

तामाङ समाज युएईको ७ औं महाधिवेशन सम्पन्न

Author Image
शनिवार, साउन १९, २०७५

सुर्य खवास/ युएई,

युएईलाई कर्मभुमी बनाई श्रमरत तामाङहरुको छाता संस्था तामाङ समाज युएईले हिजो शुक्रवार आफ्नो ७ औं महाधिवेशन नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा को प्रमुख आथित्यमा सम्पन्न गरेको छ ।

प्रमुख अतिथी शेर्पाले आफ्नो मन्तव्य राख्दै ३ नम्बर प्रदेशको नामाकरण ताम्सालिङ हुनुपर्नेमा जोडदिदै यसकोलागी सम्पुर्ण तामाङ समुदायले सशक्त रुपले आवाज उठाउन तामाङ समुदायलाई आह्वान गर्नु भयो ।

यसैगरि महासंघका निवर्तमान अध्यक्ष डेरराज तमुले आदिवासीहरु बाघ भए पनि स्याल भएर बसेको हुँदा अब आफ्नो अधिकारको लागि बाघ भएर गर्जिनु पर्नेमा जोड दिनु भयो ।

तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले तामाङहरु राज्यको पहुँच सम्म नपुग्नुको पछाडि तामाङ समुदायमा राजनीतिक चेतनाको कमी भएको बताउनु हुँदै अब बन्ने नयाँ कार्यसमितिले आफ्नो समुदायमा राजनीतिक जागरण अभियान चलाउनु पर्ने कुरामा विशेष जोड दिएको थियो ।

तामाङ समुदायको धार्मिक, सांस्कृतिकको संरक्षण, संवर्धन, शिक्षा तथा दैवी विपत्ति लगायत सामाजिक क्षेत्रमा यो कार्यकालमा अनुमानित १८ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष मोक्तानले बताउनु भयो । सामाजिक कार्यमा सहयोग जुटाउन विभिन्न समयमा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यसै शिलशिलामा आगामी १४ सेप्टेम्बरका दिन एसएमएस धमकाको तयारिमा समाज जुटेको आयोजकले जनाएको छ । नयाँ कार्यसमितिको घोषणा समेत सोही दिन गर्ने जानकारी दिएको छ ।

समाजका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष जितेन्द्र तामाङ, सुरेन्द्र थिङ तामाङ एवं क्षेत्रीय प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै समाजले पुर्‍याएको योगदानको चर्चा गर्दै समुदायको उत्थानको लागि निरन्तर लागिरहने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर