Aamsanchar

नेपालमा बलात्कारका घटना बढ्यो: बाबुबाट छोरी बलात्कृत, नातीबाट हजुरआमा !

Author Image
शुक्रवार, साउन २५, २०७५
ताप्लेजुङ,
हिमाली जिल्ला ताप्लेजुङमा दिनदिनै बलात्कारका घटनामा बढेकाे भएको छ । बुबाले छोरीलाई, नातीले हजुरआमालाई समेत बलात्कार गरेको खुलासा भएको छ ।
नौ वर्षकी बालिका समेत बलात्कारको शिकार भएकी छिन् । ताप्लेजुङको पश्चिमी गाउँपालिका आठराई त्रिवेणी–१, मा १७ वर्षकी छोरीलाई ४० वर्षका बलात्कार गरेका छन् । ४० वर्षका बाबुले छोरीलाई पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

१७ वर्षकी छोरी अनिता (नाम परिवर्तन) लाई ४० वर्षका बुबा चक्रबहादुर (नाम परिवर्तन) ले साउनको ५ गते रातको ९ बजे छोरी एक्लै भएको मौकामा बलात्कार गरेका थिए । छोरीले गाउँमा बुवाबाट बलात्कृत भएको ढिला गरी भनेपछि बाबु भागेका थिए । बलत्कार गर्ने बाबुलाई गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

उता, सोही गाउपालिका ३ मा मानसिक सन्तुलन गुमाएकी ५० बर्षकी हजुर आमालाई आफ्नै नातीले बलत्कार गरेको खुलेछ । १७ बर्षका आफ्नै नातिले २०७५ साउन १९ गते दिउसो १२ बजेको समयमा जबरजस्ती बलत्कार गरेका थिए । नीज बलत्कार गर्ने नातिलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्रउ गरी आवश्यक कारबाही अगाडि बढाएको डिएस्पि बस्नेतले बताउनुभयो ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिका–१, मा पनि ९ वर्षकी बालिका बलत्कृत भएकी छिन । बालिकालाई १५ वर्षका युवकले  बलात्कार गरेको र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पीडित बालिकाको घाउ समेत निको हुन २ दिन लागेको  समेत प्रहरीले बताएको छ ।

यसरी दिनानुदिन बलत्कारका घटना घटेपछि ताप्लेजुङमा खैलाबैला मच्चिएको छ भने गाउँ वासी त्रसित बनेका छन् । ताप्लेजुङमा २०७२/०७३ सालमा ८ वटा जबर्जस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

उता २०७३/०७४ सालमा भने ९ वटा जबर्जस्ती करणका घटना घटेको प्रहरीको अभिलेखमा उल्लेख छ । आ.व. ६ वटा बलात्कारका घटना घटेका थिए । तर २०७५/०७६ को २५ दिनको अवधिमा ३ वटा बलात्कारका घटना भएको बताइएको छ ।-उज्यालो अनलाइनबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर