Aamsanchar

भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ उत्तीर्णको प्रमाणपत्र

Author Image
सोमवार, साउन १७, २०७३

जाजरकोट।

यहाँको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ ।

जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो । निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश साह र स्थानीय भुर– ७ कै शैलेन्द्र रानालाई विद्यालयमा भर्ना नै नगरी हचुवाको भरमा कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागी गराएको भन्दै प्रमाणपत्र उपलब्ध गराएको नाम नबताउने सर्तमा एक शिक्षकले बताएका छन् ।

विद्यालयमा भर्ना नै नभएका फर्जी विद्यार्थीलाई कीर्ते परीक्षार्थी बनाई यस्तो अवैध काम भएको सत्य बाहिर आएपछि शिक्षकबीच मनमुटाव भएको छ । निमित्त प्रअ साहसँग टेलिफोन गर्दा सम्पर्क हुनसकेको छैन । यता जिल्ला शिक्षा कार्यालयले छानबिनपछि कारबाइ गरिने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर