Aamsanchar

शिवसताक्षीमा फेरी अर्को काण्ड,४० वर्ष नाघेकालाई सेटिङ्गमा शिक्षक नियुक्तिको प्रयास

Author Image
सोमवार, भदौ ४, २०७५

विनोद सापकोटा/झापा।


चालिस वर्ष नाघेको उम्मेद्वारलाई झापाको शिवसताक्षी नगरपालिका १ स्थित लक्ष्मी नारायण मावि धरमपुरमा सेटिङ्गमा मावि शिक्षक पदमा नियुक्त गर्न लागिएको छ ।

सो विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका केहिपदाधिकारी, दुधे श्रोत केन्द्रका श्रोत व्यक्ती र नगरका केहि जनप्रतिनिधिको सेटिङ्गमा झापा दमककी जीवनकुमारी सापकोटालाई नियुक्ति गर्न लागिएको हो । उनको जन्ममिति २०२२ साल उल्लेख छ । सापकोटा सो विद्यालयमा कार्यरत निजी श्रोतकी शिक्षीका हुन ।

तर, शिक्षा विद्का अनुसार अस्थाई दरवन्दि विनाका उम्मेद्वारले उक्त पदमा खुल्ला विज्ञापनमा दरखास्त दिनै पाउदैनन् । यस्मा उमेरको हदवन्दि लागु हुने छ, शिक्षा विदले भने । सो विद्यालयले २०७४ साउन २० गते माध्यमिक तहका लागि नेपाली विषयको करार शिक्षक पदको खुल्ला विज्ञापन गरेको थियो ।

विद्यालय प्रसासनका अनुसार ६ जनाको मात्र आवेदन परेको छ । यो संख्या शिवसताक्षी नगरमा शैक्षिक वेरोजगारको तुलनामा ज्यादै थोरै हो । उक्त पदको परिक्षा आज (सोमबार) हो ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्रवहादुर दाहाल, विद्यालय व्यवस्थान समितिका अध्यक्ष वेनु अधिकारी, दुधे श्रोत केन्द्रका श्रोत व्यत्ति कृष्ण भण्डारी र नगरका केहि जनप्रतिनिधि सापकोटालाई नियुक्ति दिने पक्षमा छन । उनिहरुले सापकोटा वाहेकको परिक्षार्थीको आवेदन समेत दर्ता गर्न मानिरहेका थिएनन् ।

विद्यालय व्यवस्थापन समितिका एक सदस्यले उक्त पदमा दरखास्त दिन गएका नईन्द्र प्रसाद आचार्यलाई हाम्रो सेटिङ्ग छ किन १५सय दरखास्त सुल्क खर्च गर्नुहुन्छ भनेर आईतवार विहान दरखास्त दर्ता नगरी फर्काएका थिए । तर, उम्मेद्वारले निवेदन दिन पाउने अधिकार खोजे पछि आचार्य सहित लेखनाथ सुवेदी, र दिनेश काफ्लेको दरखास्त आईतवार दिउसो दर्ता भएको थियो ।

उनिहरुलाई प्रधानाध्यापक खगेन्द्रवहादुर दाहालले फोन गरेर दरखास्तका लागि वोलाएपनि तपाईहरुको यो १५ सय विद्यालयलाई नितान्त सहयोग मात्र भएको वताएको प्रशिक्षार्थी आचार्यले जानकारी दिए । प्रअ दाहालले उनिहरुलाई जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई , नगरपालिका लगायतमा भरपर्दो सेटिङ्ग भएको जानकारी दिएका थिए ।

सापकोटालाई आस्थाका आधारमा नियुक्ती दिन लागिएको विद्यालयकै एक शिक्षकले जानकारी दिए । उनले भने, शिक्षा र स्वास्थ्य जस्तो गम्भिर विधामा पनि सेटिङ्गमा पद पुर्ति गर्दा भोलिको भविस्य वोकेका विद्यार्थी प्रति अपमान हुन्छ । विद्यालयको एक विस्वस्त श्रोतका अनुसार सापकोटा निजि श्रोतमा नियुक्ति हुदाँ पनि ४० वर्ष नाघेकी थिईन । त्यतिवेला पनि सेटिङ्गमै सापकोटालाई नियक्ति दिईएको थियो ।

स्थानिय अभिभावक र विद्यालयका अधिकाँस शिक्षक शिक्षीकाले शिक्षक पदको परिक्षा नियम सम्वत र पुर्वाग्रहरहित हुनुपर्ने वताए । शिक्षाको गुणस्तर सुधार्छु भन्ने अनि राम्रा लाई भन्दा पनि हाम्रालाई सेटिङ्गमा नियुक्ति गर्ने? अभिभावकले भने यदि त्यस्तो हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ढोका ढक्ढक्याउन जानुको विकल्प हामी संग छैन ।

यसै विच विद्यालयको रिक्त नेपाली विषयको शिक्षक पदमा दरखास्त दिने जीवनकुमारी सापकोटाको उम्मेद्वारी शिक्षा नियमावली २०२८नवौ संसोधन अनुसार नभएको भन्दै खारेजिको निवेदन विद्यालयका प्रधानाध्यापक खगेन्द्र वाहादुर दहालले दर्ता गर्न मानेन् । उमेरको हद म्याद ४० वर्ष नाघेको भन्दै सापकोटाको उम्मेद्वारी सो पदका अन्य प्रशिक्षार्थी लेखनाथ सुवेदी नईन्द्र प्रसाद आचार्य र दिनेश काफ्लेलेको निवेदन प्रअ दाहालले दर्ता गर्न नमानेका हुन । उनले कुनै हालतमा उम्मेद्वारी खारेजिको निवेदन दर्ता आफुले नगर्ने वताए । संचारकर्मी संग पनि उनले निवेदन कुनै हातलनमा दर्ता नगर्ने जिकीर गरे ।

प्रअ दाहालले सामुदायीक उमावि शिक्षक व्यवस्थापन निर्देशिका २०७१ को परिच्छेद ३ को उपनियम ३३ अनुसार मापदण्ड पुरा गरेकाले सापकोटाको दरखास्त खारेज गर्नु नपर्ने वताए । तर, शिक्षा विद्का अनुसार उच्च माध्यमिक शिक्षा खारेज भएकाले यो नियम मौजुदा नियम संग वाझिएको छ । सापकोटाको उम्मेद्वारी खारेजी हुनुपर्छ श्रोत ले भन्यो ।

जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई झापाका ईकाई प्रमुख योगेन्द्र प्रसाद वरालले निवेदन दर्ता नगरेर प्रअ दाहालले गल्ति गरेको वताए । उनले भने निवेदन जस्तो सुकै प्रकृतिको भएपनि दर्ता गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर