Aamsanchar

सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङमा दुर्घटना

Author Image
शनिवार, भदौ २३, २०७५

काठमाडौं ।

गोरखाको सानागाउँबाट काठमाडौ‌का लागि उडेर सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमास्‍थल मेघाङमा दुर्घटना भएको छ।

अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सत्यवती गाउँपालिका मेघान नजिकै दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला परेको छ।

हेलिकोप्टर दुर्घटनाको खबर आए पनि घटनास्थलसम्म प्रहरी पुग्‍न बाँकी रहेको र घटनास्थल नपुगी विस्तृत विवरण भन्न नसकिने प्रहरीको भनाइ छ। हेलिकोप्टरमा पाइलट र ६ यात्रु रहेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर