Aamsanchar

चाडपर्व नजिकिएसंगै पटका भित्र्न सुरु झापा प्रहरीद्धारा १० बोरा पटका बरामद

Author Image
बुधवार, भदौ २७, २०७५

झापा,

नेपाल–भारतको खुल्ला सीमावर्ती नाकाबाट नेपालमा प्रतिबन्धित बारुदजन्य पटका अहिलेदेखि नै तस्कर समूहले चोरी निकासीको माध्यमबाट भित्र्याउन थालेका छन्।

विशेषगरी तीहार तथा छठ पर्वमा पड्काउने बारुदजन्य पटका नेपालका विभिन्न जिल्लामा बिक्री वितरणका लागि पठाउने तस्कर समूहले पर्व आउनु झण्डै दुई महिना अघिदेखि नै यस्ता वस्तु भित्र्याउन थालेका हुन्।

झापाका विभिन्न नाकाबाट बारुदजन्य पटका भित्रिन थालेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरले मंगलबार बेलुका ठूलो परिणाममा पटका बरामद गरेको छ।

भारतको किशनगञ्ज जिल्लास्थित निमुगुडी नाकाबाट भद्रपुर ३ स्थित किचकबधबाट नेपालतर्फ भित्र्याइरहेको अवस्था वडाका प्रहरी टोलीले करिब दुई लाख मूल्य बराबरको पटका बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

तीनवटा साइकलमा लोड गरी ल्याइएको १० बोरा पटका बरामद गरिएको उनले बताए। ‘प्रहरीलाई देखेपछि तस्करहरू भारततर्फ भागेकाले तीनवटा साइकलसहित पटका मात्र बरामद भएको हो, उनले भने।

यता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेवूका अनुसार ६ वटा प्याकेट भएका २६५ वण्डल जगमग र १५ वण्डल खोर्सानी बम बरामद भएको हो। बरामद गरिएको पटकालाई प्रहरी कार्यालय झापा पठाउने उनले बताए।

तस्कर समूहले चाडपर्वको नजिकभन्दा पनि त्यसको दुई महिनाअघि नेपालमा भित्र्याइएको पटकका काठमाडौं पठाउने योजनाले भित्र्याउने गरेको हुने सक्ने प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर