Aamsanchar

मध्यरातमा सुतिरहेका दिदीबहिनीको अनुहारमा तेजाब छर्कियो, बोल्न नसक्ने अबस्थामा दिदी बहिनी

Author Image
बुधवार, भदौ २७, २०७५

रौतहट ।

चन्द्रपुर नगरपालिकामा घरमा सुतिरहेका दुई दिदीबहिनीको अनुहारमा अज्ञात समूहले तेजाब छर्किएको छ।

मंगलबार राति सुतिरहेका उनीहरु माथि तेजाब छर्किएको हो ।राति १२ बजे अज्ञात समूह घरमा प्रवेश गरि ढोका खोलेर दुवै छोरीको अनुहारमा तेजाब फालेर भागेको बताइएको छ ।

प्रहरीका अनुसार तेजाबबाट उनीहरुका आँखा, टाउकोर अनुहारमा गहिरो चोट लागेको छ। र तेजाब हान्नेको खाजी भइरहेको बताइएको छ ।

दुवै बोल्न सक्ने अवस्थामा छैनन् । चन्द्रनिगाहपुर अस्पतालले उनीहरुलाई उपचार गर्न नसकेपछि थप उपचारका काठमाडौ रिफर गरेकोछ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर