Aamsanchar

प्रलेस प्रतिभा पुरस्कार सीतालाई

Author Image
आइतवार, भदौ ३१, २०७५

काठमाडौँ, 

प्रगतिशील लेखक सङ्घ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ ।

सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालयले बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ ।

पुरस्कार चयनका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय भेद्का विरुद्ध सङ्घर्षरत रही साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई पुरस्कार दिन सिफारिश गरेको महासचिव आरएम डङ्गोलले बताउनुभयो । सिफारिश समितिमा डा भागवत आचार्य र शोभा दुलाल सदस्य हुनुहुन्थ्यो ।

सङ्घका पूर्वअध्यक्षले आफूले पाएको रु दुई लाखको पुरस्कार राशिबाट पुरस्कारको अक्षयकोष खडा भएको हो । आगामी असोज ६ गते स्थापना दिवसमा पुरस्कार प्रदान गरिने छ ।

Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर