Aamsanchar

‘मिस पूर्व आइकन’ को अडिसन सकियो

Author Image
शुक्रवार, साउन २१, २०७३

बिर्तामोड ।

btm damak
पोजेटिभ मिडिया इभेन्टले आयोजना गरेको ‘मिस पूर्व आइकन–२०१६’ मा १९ जना प्रतियोगीहरु छनौट भएका छन् ।
पूर्वाञ्चलमा रहेका १६ वर्षदेखि २५ वर्षसम्मका युवतीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै उनीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस पूर्व आइकन २०१६ को अडिसनबाट उनीहरु छनौट भएको पोजेटिभ मिडिया इभेन्टका चेतन अधिकारीले जानकारी दिए ।
गत साउन १७ गतेदेखि बिर्तामोड धरान, इटहरी, दमक र इलाममा गरिएको अडिसनबाट उनीहरु छनौट भएका हुन् ।
उक्त प्रतियोगिता अन्तरगत भएको बिर्तामोड अडिसनमा ३८ जना, धरान अडिसनमा १६, इटहरी अडिसनमा १४, दमक अडिसनमा २४ जना र इलाम अडिसनमा १० जनाले भाग लिएका थिए ।
उनीहरुमध्ये १९ जना प्रतियोगी फाइनलका लागि छनौट भएको पोजेटिभ मिडिया इभेन्टका गोपाल पोखरेलले जानकारी दिए । अडिसनमा मोडल सुशिल नेपाल, नायिकाहरु रोमी खड्गी र सुष्मा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उक्त अडिसनबाट छनौट भएका प्रतियोगीलाई साउन २७ गतेदेखि २० दिनको बन्द प्रशिक्षणमा राखिने र उक्त प्रशिक्षण बिर्तामोडस्थित हिकोला हेरिटेजमा हुने पोजेटिभ मिडिया इभेन्टका चेतन अधिकारीले जानकारी दिए ।
बन्द प्रशिक्षणमा मिस नेपालकी कोरियोग्राफर रचना गुरुङ, शर्मा प्रथम मिस नेपाल रुवी राणा लगायतले विभिन्न प्रशिक्षण प्रदान गर्ने बताइएको छ ।
आगामी भदौ १३ गते प्रतियोगिताको फाइनल गरिने र उक्त प्रतियोगितामा बिजेता मिस पूर्व आइकनले भेस्पा स्कुटर पुरस्कारको रुपमा प्राप्त गर्ने बताइएको छ । त्यस्तै प्रतियोगिताको फस्ट रनरअपले नगद ५० हजार र सेकेण्ड रनरअपले नगद ३० हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजक मध्येका समिर मोदीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)